Advertisement
ताजा खबर

अडानी मामिलामा अमेरिकाले माग्यो भारतसँग सहयोग

प्रतिक्षा खबर
२०८१ फाल्गुन ७, बुधबार १८:४३

वासिङटन डीसी । भारतीय अर्बपति व्यापारी गौतम अडानीविरुद्ध ठगी र घुसखोरीसम्बन्धी मुद्दामा अमेरिकाले भारत सरकारसँग सहयोग मागेको छ ।

घुसखोरीको मुद्दामा गौतम अडानी र सागर अडानीलाई नोटिस पठाउने प्रयास भइरहेको अमेरिकी धितोपत्र तथा विनिमय आयोग (सेक)ले न्यूयोर्कस्थित संघीय अदालतलाई भनेको छ । सेकले मंगलबार अदालतलाई उद्योगपति अडानी र उनका भतिजा सागर भारतमा रहेको बताएको थियो ।

उनीहरूलाई यसबारे नोटिस दिन भारतीय अधिकारीहरूसँग मद्दत मागिएको छ । यसका लागि भारतको कानुन मन्त्रालयलाई सम्पर्क गर्ने काम भइरहेको छ । गौतम अडानीसहित ८ जनामाथि भारतमा नवीकरणीय ऊर्जा परियोजनाहरू पाउन घुस दिन खोजेको आरोप छ ।

यो परियोजना प्राप्त गर्न उनले २ हजार करोड रुपैयाँ घुस दिने योजना बनाएका थिए । यस मुद्दामा २०२४ को अक्टोबर २४ मा न्युयोर्कको संघीय अदालतमा मुद्दा दायर गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर