Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

एकडारामा स्थानीय विपद् व्यवस्थापन सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८१ माघ ३०, बुधबार २३:३२

गोपाल झा

महोत्तरी, माघ ३० गते

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको कार्यालयको सभा कक्षमा बुधबार २०८१/८२ को स्थानीय विपद् व्यवस्थापनसम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय बासिहरू, प्रशासनिक निकायका प्रमुखहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरु आफूहरूले भोगेका विभिन्न प्राकृतिक विपद्का अनुभव तथा समस्याहरू राखेका थिए । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, पूर्वतयारीका उपायहरू, राहत व्यवस्थापन तथा पुनर्स्थापनाका विषयमा व्यापक छलफल गरिएको थियो ।

स्थानीयले बाढी, आगलागी, भूकम्प, र शीतलहरजस्ता प्रमुख विपद्हरूसँग जुध्दा भोग्नुपरेका कठिनाइहरू खुलस्त राखेका थिए । विपद् व्यवस्थापनको तयारीमा आवश्यक पर्ने सामग्रीहरू—जस्तै सावेल, कोदालो, बालुवा भरिएको बोरा जस्ता साधनहरुको अभाव रहेको बताए । साथै, विपद् आएको बेलामा उद्धार कार्य प्रभावकारी बनाउन गाउँ तहमै विपद् व्यवस्थापन टोली तथा आपत्कालीन उद्धार सामग्री उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको थियो ।

कर्यत्रममा आफ्‌नो मन्तब्य राख्दै वडा नं. २ का वडाध्यक्ष सखीचन्द यादवले आफ्नो वडामा विपद् व्यवस्थापनका लागि पूर्वतयारी भइरहेको जानकारी दिए । उनले विपद् न्यूनीकरणका लागि सुरक्षानिकायसँग समन्वय गरी विपद् व्यवस्थापनका सामग्रीहरू राख्ने, आगलागीका घटनाहरू रोकथामका लागि प्रभावकारी उपायहरू अपनाउनेतथा बाटोघाटोको समस्यालाई पूर्ण रूपमा ध्यान दिने बताए ।

उनले अतिक्रमणको चपेटामा परेका सडकहरूको सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका छन् । साथै, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारीहरूमा वडा कार्यालय जुटिसकेको समेत उनले बताए ।

            कार्यक्रमका अध्यक्ष एवं एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले विपद् व्यवस्थापनमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आम नागरिकहरूबाट सुझाव तथा समर्थनको अपेक्षा राखेका थिए ।

उनले मानव सिर्जित विपद्हरू नियन्त्रण गर्न कडा नीति अपनाइने उल्लेख गरे । विशेष गरी, सडक अबरुद्ध पार्ने गरी निर्माण सामग्री राख्ने, गोबर, गुइँठा तथा गाईवस्तु बाँधेर राख्ने जस्ता कार्यहरू हटाइने जानकारी दिए । नगर सफा तथा व्यवस्थित बनाउने उद्देश्यले यो योजना ल्याइएको उल्लेख गर्दै यस कार्यमा सबै नागरिकको सहयोग अपरिहार्य रहेको बताए ।

        त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विपद् व्यवस्थापनका उपायहरूबारे प्रकाश पार्दै महोत्तरी जिल्लाको     भूगोल र अवस्थालाई ध्यानमा राख्दै चार प्रमुख विपद्हरू—बाढी, आगलागी, भूकम्प, र शीतलहर—बढी असर पार्ने गरेको बताए ।        उनले विपद् न्यूनीकरणका लागि प्रत्येक वडामा विपद् व्यवस्थापन किट अनिवार्य रूपमा राख्नुपर्ने गाँउपालीका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।                                                                                                                                                                        त्यसैगरी, सर्पदंशसम्बन्धी समस्या पनि उठाइएका कारण प्रमुख जिल्ला अधिकारी कवारीले हाल नेपाल आर्मी मातहत बर्दिबासमा मात्र रहेको सर्पदंश उपचार केन्द्रलाई अन्य आवश्यक स्थानहरूमा पनि स्थापना गर्न पहल गरिने आश्वासन दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्ण, एकडारा गाएपालीकाका स्वास्थ्य संयोयक महेन्द्र कुमार मण्डल, सुरक्षा निकायका प्रमुखहरू, वडाअध्यक्ष तथा सदस्यहरू, पत्रकारहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

स्वास्थ्य संयोयक मण्डलले विपद् व्यवस्थापनमा स्वास्थ्य सेवाको महत्त्व उल्लेख गर्दै प्राथमिक उपचार तालिम, औषधि आपूर्ति, र उद्धार टोली गठन आवश्यक रहेको बताए । सुरक्षानिकायका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि प्रशासन, स्थानीय सरकार र नागरिकबीच समन्वय जरुरी रहेकोमा जोड दिएका छन् ।

   बुधबार सम्पन्न कार्यक्रमले विपद् व्यवस्थापनका विषयमा स्थानीय बासिन्दा, प्रशासनिक अधिकारी तथा अन्य सरोकारवालाहरूबीच अन्तरक्रिया गर्दै उपयोगी सुझावहरू संकलन गर्न सफल भयो । सहभागीहरूले स्थानीय तहमा पूर्वतयारी तथा उद्धार प्रक्रियालाई व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

कार्यक्रमको अन्त्यमा, गाउँपालिकाका प्रमुख तथा अन्य अधिकारीहरूले सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । यसरी, विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रयासस्वरूप एकडारा गाउँ पालीकामा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर