Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मतदानको लागि बुथ बनाउने काम अन्तीम चरणमा , यसपालि टेन्ट राख्ने काम पनि थपियो

प्रतिक्षा खबर
२०७९ बैशाख २९, बिहीबार १६:१५

गोपाल झा
महोत्तरी ,२९ बैशाख
बैसाख ३० गते शुक्रबार बिहान ७ बजे देखी अपरान्ह ५ बजे सम्म हुन गईरहेको स्थानीय निर्बाचनका लागि मतदान स्थल निर्माणको काम अन्तीम चरणमा छ । भोलि शुक्रबार हुने मतदानको लागि महोत्तरीमा ४९७ छेकबार सहित ‘मतदान केन्द्र व्यवस्थित गर्ने काम अन्तीम चरणमा रहेको छ ।
मतदान केन्द्रमा गए पछी सबै मतदमताले सहज रुपमा मतदान गर्न पाउने तरीकाले मतदानकेन्द्र बनाउन आयोगले निर्देशन दिए अनुसार सुरक्षाकर्मी, कर्मचारी र स्वयम्सेवक मतदान केन्द्र निर्माणमा जुटेका हुन् ।
मौसम भिागका अनुसार मतदानको दिन पानी पर्ने सम्भावना रहेकाले यसउपालि मतदानस्थलमा टेन्ट बनाउने काम पनि थपिएको छ । आयोगले मतदान केन्द्रमा टेन्टको पनि व्यवस्था गर्न यसअघि नै निर्देशन दिएको छ । मतदान केन्द्र निर्माण गर्दा स्थानीय स्तरमा उपलब्ध डोरी, बाँस, घोचा, पाल जस्ता सामग्रीको उपयोग गर्न गरेका छन् ।
साथै मतदान केन्द्रमा आवश्यक पर्ने टेबुल, बेञ्च, कुर्सी लगायतका सामग्रीको व्यवस्था मिलाउनु पर्नेछ । केन्द्रमा मत सङ्केत गर्नका लागि गोप्य कक्षसहित मतपत्रमा छाप लगाउने टेबुल राख्नुपर्ने हुन्छ ।
मतदान केन्द्रको बाहिरी भागमा खुला ठाउँमा महिला र पुरुष मतदाताको लागि डोरी वा बाँस लगाएर अलग-अलग रूपमा पङ्क्तिबद्ध हुने व्यवस्था मिलाउन, सुत्केरी/गर्भवती, अशक्त, अपाङ्गता भएका, वृद्ध, बिरामी, क्रियापुत्रीका लागि उचित व्यवस्थापन गर्न पनि आयोगले भनेको छ ।
मतदान गरिसकेको व्यक्ति फेरि मतदान कक्षतर्फ फर्कन नसक्ने गरी बाहिर निस्कने व्यवस्था मिलाउनुपर्नेछ । स्थानीय बासिन्दाको सहयोगमा मतदान केन्द्रको वरपर सम्भव भएसम्म खानेपानी र शौचालयको पनि प्रबन्ध मिलाउनु पर्नेछ ।
भोलि हुने मतदानका लागि अन्तिम तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरी जनाएको छ । सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन लागि परेको र आज बेलुकासम्म यी सबै काम सकिने मुख्य निर्वाचन अधिकृत दिपक कुमार खरेलले बताउनुभयो ।
यता निर्वाचनको लागि एकिकृत निर्वाचन सुरक्षा योजना अनूरुप तिन घेरामा सुरक्षा प्रदान गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वताए । उनले पहिलो घेरामा(मतदान केन्द्र भित्र) नेपाल प्रहरी,दोस्रो घेरामा मोबाईल र पैदल गस्ती(शसस्त्र प्रहरी) तथा तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने बताए । यता मतदान स्थल र केन्द्रको लागि सोहि ठाउमा खट्ने सुरक्षाकर्मी बाहेक थप रिजर्व फोर्स समेत हुने प्रजिअ दाहालले बताए । उनले नेपाली सेनाको टोलीहरु केहि दिन पुर्व नै मतदान केन्द्रको संवेदनशिलता हेरि विभिन्न ठाउमा परिचालन भैसकेको बताए । महोत्तरीमा सामान्य,संवेदनशिल तथा अतिसंवेदनशिल गरि तिन तहमा मतदान केन्द्रहरु वाडिएकोमा सोहि अनुरुप सुरक्षाकर्मीहरु समेत हुने वताए । प्रत्येक मतदान केन्द्रमा तिनजना नेपाल प्रहरीका साथ ६ जना म्यादी प्रहरीको ड्युटी हुने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर