Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साउनमा ६० हजार नेपाली कामको खोजीमा विदेशिए

प्रतिक्षा खबर
२०८१ भाद्र ७, शुक्रबार १८:४९

७ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो अघिल्लो आर्थिक वर्षमो तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए ।

साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने श्रमिक दुवैको संख्या हो ।

मलेसिया जाने घटे

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या भने घटेको छ । साउनमा मलेसियामा १ हजार ३४४ जना गएका छन् । यो कोभिड-१९ पछि अहिलेसम्मै ठूलो गिरावट हो । अघिल्लो आर्थिक वर्षको साउनमामात्र ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको हो ।

विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार साउनमा सबैभन्दा धेरै यूएई गएका छन् । साउनमामात्रै यूएईमा १७ हजार ५४१ गएका छन् । दोस्रोमा साउदी अरेबियामा ११ हजार ८०९, तेस्रोमा कतार ११ हजार ७८५ गएका छन् ।

त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने दुवै हो ।

युरोपा जाने बढे

साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ ।

विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् ।

साउनमा रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७ सय, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर