Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मधेशका मुख्यमन्त्री पटक–पटक तोड्दै मर्यादा, चोरी–चोरी विदेश भ्रमण

प्रतिक्षा खबर
२०८१ चैत्र ८, शुक्रबार ०९:५२

जनकपुरधाम, चैत ८ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पटक–पटक आफ्नो मर्यादा तोड्दै आएका छन् । मुख्यमन्त्रीको विदेश भ्रमण सम्वन्धी नेपालको संविधानको अवाज्ञा गर्दै उनी चोरी–चोरी भारत भ्रमणमा गएका छन् ।

पहिलो पटक उनी विवाहपञ्चमीको बेला भार(पाहुर) लिएर भारतको अयोध्या गएका थिए तर त्यतिवेला उनले आफ्नो नीजि धार्मिक यात्रा रहेको बचे । तर, त्यहाँ उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ संग भेटवार्ता गर्न खोजे, मुख्यमन्त्रीको हैसियतमा उनले त्यहाँ सुरक्षा व्यवस्था र मन्दिरमा पूजापाठ गर्न भीभीआईपी बाटो खोजे, यि सवै व्यवस्थाहरु मध्यये उनलाई त्यहाँका सरकारले केही पनि दिएन् उनी आम जनता जस्तै ती भ्रमण सम्पन्न गरेर मधेश प्रदेशको राजधानी जनकपुरधाम फर्केका थिए ।

उनले फेरि भारत भ्रमण गरेको छन् । उनी चोरी–चोरी भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ संग फोटो खिचाउनुका साथै मुख्यमन्त्री योगी संग भेटघाट भएको जानकारी दिएका छन् ।

उनी बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा मुख्यमन्त्री योगीसंग भेटवार्ता भएको जानकारी दिए । पूर्व निर्धारित कार्यक्रम नभएपनि बलरामपुर स्थित भगवती मठेश्वर मन्दिरको दर्शनको लागि पुग्दा मुख्यमन्त्री योगीसँग भेटघाटको अवसर जुडेको उनले बताए ।

उनी पटक–पटक धार्मिक यात्राको नाम दिएर विदेश नीति विरुद्धको काम गरेको कानुनविद्हरु भन्छन् । नेपालको संविधानमा विदेश भ्रमण सम्वन्धी व्यवस्था गरिएको छ । द्विपक्षीय वा बहुपक्षीय बैठक, वार्ता वा नेपाल सदस्य भएका उ–क्षेत्रीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय संगठनको बार्षिक वाआवधिक अधिवेशन वानेपालको प्रतिनिधित्व गर्नु पर्ने कुटनीतिक भ्रमण वाबैठक वा सभा, सम्मेलनमा प्रस्तुत हुने बिषयमा परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

तर, यि धारालाई छल्न उनले धार्मिक यात्राको नाम दिएर पटक–पटक संविधान छल्ने काम गरेका छन् ।

‘रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न पुग्ने पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग विषयमा केन्द्रित भेटघाट सकारात्मक मुख्यमन्त्री सिंहले भने ।

मुख्यमन्त्री सिंहको भारत भ्रमणबारे मधेश प्रदेशका मन्त्रीहरू भने अनभिज्ञ छन् । मन्त्रिपरिषदमा मुख्यमन्त्री सिंहले उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट गर्ने वा भ्रमणबारे कुनै जानकारी नगराएको मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर