Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रहरीले स्वीकारे- बरहथवामा गोली लागेर ढलेका जयशंकर निर्दाेस

प्रतिक्षा खबर
२०८० पुष २१, शनिबार २०:४८

शुक्रबार सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साह निर्दोश रहेको प्रहरीले स्वीकारेको छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय सर्लाही होटेलका संचालक तथा कुखुरा दानका हलसेल बिक्रेता साहको मृत्यु भएको थियो ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविण धितालले गोली लागेर मृत्यु भएका युवक निर्दोश रहेको बुझिएको स्वीकारे । प्रदर्शनकारीले प्रहरीको हतियार थुत्न खोजेपछि पड्केर युवक साहलाई लागेको हुन सक्ने एसपी धितालको भनाइ छ ।
‘प्रदर्शनकारीले हतियार थुत्न खोजेका थिए । त्यही बेला गोली चलेर युवकलाई लागेको हुन सक्ने हाम्रो अनुमान छ’ एसपी धितालले भने ‘थुत्ने बेला गोली कता चल्यो भन्ने कता चल्छ भन्ने थाहा नहुन सक्छ । मृत्यु भएको युवक अहिलेसम्म आन्दोलनकारी नभएको हाम्रो जानकारीमा आएको छ’
आन्दोलनमा मारिएका युवक जयशंकर बुबा बंगालीराम साहका पाँचछोरी मध्येका एकला छोरा थिए । उनी तीनवर्षअघि बंगलादेशबाट एमबीबीएस अध्ययन गरेर फर्केका थिए । बुबा बंगाली राम साह बिरामी भएपछि आफू अस्वस्थ्य रहेको भन्दै ठूलो व्यवसाय हेर्न छोरा जयशंकरलाई बोलाएका थिए । तीनवर्ष अघि बुबा बंगलारीरामको देहान्त भएको थियो । त्यस यता उनले व्यापार व्यवसाय सम्हालेका थिए ।
बरहथवा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मोहम्मद अफताव आलमका अनुसार युवक जयशंकर विद्युत महसुल बुझाउन मोटरसाइकल चढेर पुगेका थिए । विद्युत कार्यालय जाँदै गर्दा प्रहरीले चलाएको गोली टाउकोमा लागेर उनी त्यहीँ ढले ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर