Advertisement

एसईई परीक्षामा ४लाख भन्दा बढी परीक्षार्थी सहभागी हुने

प्रतिक्षा खबर
२०७६ फाल्गुन २८, बुधबार ०८:२४

काठमाडौं । एक सातापछि सुरु हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुँदै छन्। चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन्।

बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन्। प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए।उनका अनुसार सबैभन्दा बढी केन्द्र बाग्मतीमा कायम गरिएको छ। बाग्मतीमा ४ सय २१ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७६ छन्। त्यस्तै एकमा ३ सय ७४, २ मा २ सय ६६, गण्डकीमा २ सय २०, ५ मा ३ सय २६ र सुदूरपश्चिममा २ सय ११ केन्द्र कायम गरिएको छ।बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले उपत्यकाका एकाधबाहेक सबै केन्द्रमा प्रश्नपत्र पुगिसकेको जानकारी गराए ।केन्द्रको प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरिएको छ।

उनका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।शिक्षा ऐनअनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था थियो। संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो। पनिकाले प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र छापेको छ। गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो।

कोरोनाको त्रास बढिरहेको अवस्थामा बोर्डको अनुरोधमा सबै केन्द्रका हेल्थ डेक्स राख्ने तयारी भइरहेको छ। परीक्षा समितिको एक÷दुई दिनपछि हुने बैठकले डेक्स राख्ने निर्णय मन्त्रालयमा पठाउनेछ। मन्त्रालयले डेक्स राख्ने गृहकार्य गरिरहेको छ।बोर्डका अध्यक्ष प्रा.डा पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा बेग्लै राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर