गोपाल झा
महोत्तरी, श्रावन ८ गते
महोत्तरीमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध हुन सकेको छैन । सो सङ्क्रमणबाट महोत्तरीको एकडारा गाउँपालिकामा अहिलेसम्म करीब २० पशु सङ्क्रमीत भएको पाईएको छ ।
पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही किसानले निजीस्तरबाट उपचार गराई रहेको तर स्थानिय पशु सेवा साखाबाट कुनै प्रकारको औषधी वा भ्याक्सीन अझै पाउन सकेका छैन ।
एकडारा गाँउपालीकाको १,२ र ४ नं वडामा सोमबार सम्म करीब १८,२० वटा पशु लम्पी स्किन’रोगले सङ्क्रमीत भएको पशु सेजा साखा एकडाराका प्रमुख पशु चिकित्सक ईन्दल साहले जानकारी गराएका छन् ।
उनले हामी कहाँ जनशक्तीको अभाव रहेकोले पशुमा देखिएको सङ्क्रमणलाई समयमै आबस्यक उपचार न भए ठूलो जनधनको क्षति हुन सक्ने सम्भाना रहेकोले यसबारे जिल्ला पशुसेवाकेन्द्रमा जानकारी गराई सकेको र जिल्लाबाट छिट्ै चिकित्सकको टोली समेत आउने बताएका हुन् । कतिपय पशुपालक कृषकले यस पशुसेवा साखा मार्फत पनि सुविधा लिएको उल्लेख गर्दै पशु चिकित्सक साहले सङ्घीय सरकार, प्रदेश सरकारबाट खोप नआएको बताउँदै पहिलो चरणमा सङ्क्रमीत भएका पशुहरुलाई यस साखामा उपलब्ध औषधीले उपचार गरीरहेको बताएका हुन् ।
यता एकडारा २ का पशुपालक शिबलाल पासमान पालेको दुधालु गाई करीब ८ दिन देखी सङ्क्रमीत हुँदापनी नजिकै रहेका पशुसेवा साखाबाट कुनै प्रकारको सेवा उपलब्ध न भएको बताउँदै बाहिर बाट चिकित्सक बोलाएर उपचार गराँउँदा अहिले सम्म करीब ५ हजार रुपैयाको औषधी किनेर उपचार गराई रहेपनी गाईलाई सन्चो न भएको दुःख ब्यक्त गरेका छन् ।
त्यस्तै अर्को किशान जिबछ ठाकुरले पालेको एक जोरा गोरु पनी सङ्क्रमीत भएका कारण खेत जोत्ने काम बन्द हुँदा चिन्तीत बनेका हुन । ठाकुरले पनी बाहिरै बाट चिकीत्सक बोलाएर उपचार गराई रहेको बताएका छन् ।
यस रोगविरुद्ध नेपालमा भ्याक्सिन नबनेको र भाइरल रोग भएकाले एक पशुबाट अर्को पशुमा सर्ने भएकाले ओसारपोसार र चरन क्षेत्रमा नलग्न पशु चिकित्सक साह पशुपालकहरुलाई आग्रह गरेका छन् । वहाँले पशुमा अत्यधिक ज्वरो आउने, घाँटी, खुट्टा, पेट लगायतमा गिर्खा देखिने पशुलाई कुनै ठोस उपचार नभएकाले पशु प्राविधिकको सल्लाह अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउने, गोठखोर वरिपरि सफा राख्ने, चरनमा नलग्ने र आइसोलेसन छुटै राख्न आग्रह गरिएको छ
उनका अनुसार लम्पी स्किनको भ्याम्सिन नबनेकाले नियन्त्रण गर्न समस्या हुन सक्ने भएकोले यसको शुरुवातको संक्रमणमा रोकथाम गर्न सकिने बताएका हुन ।
त्यस्तै दोस्रो उपचारमा घाउ, खटिरामा भगाउने औषधिको प्रयोग गरिन्छ । एउटा रोगी पशुलाई लामखुट्टे, झिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताएको छ ।







