Advertisement
ताजा खबर

जसपामा नेताहरुकाे खरिद विक्री शुरु, ठाकुर र महतो पक्षले आफना पक्षमा आउनेलाई तोके ५० लाख

प्रतिक्षा खबर
२०७८ जेष्ठ १३, बिहीबार ०७:०६

रौतहट, जेष्ठ १२ । जनता समाजवादी पार्टीमा आधिकारिकताको बिवाद बढदै गएको बेला पार्टीको शाक्तिशाली निकाय मानिएको कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ । कार्यकारिणी समितिको झण्डै दुई तिहाई भन्दा बढी सदस्यहरुको जेठ ८ गते सम्पन्न बैठकले पार्टी निर्णय विपरित ओली नेतृत्वको सरकारलाई सघाएको भन्दै कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर सहितलाई कारबाही गर्ने निर्णय गरे पछि ठाकुर समूहले कार्यकारिणी सदस्य खरिद गर्ने प्रयास शुरु गरेका छन । शुरुमा बरिष्ठ नेता अशोक राईलाई दुई मन्त्रालय सहितको अफर गरेर आफनो पक्षमा पार्ने प्रयास गरेको ठाकुर–महतो समूहलाई नेता राई हप्काए पछि कार्यकारिणी समितिका अन्य सदस्यहरुलाई खरिद गर्ने प्रयास थालेका हुन । उक्त समूहले एमालेका केही नेता र जसपाकै दोस्रो तहका केही नेतालाई कार्यकारिणी सदस्य खरिद गर्ने जिम्मेवारी दिदै प्रति सदस्य पचास लाख मुल्य निर्धारण गरेको महतो निकट एक नेताले बताएका छन । नाम नखुलाउने सर्तमा उनले भने ‘पार्टीको विधान अनुरुप कार्यकारिणी समितिनै सबै भन्दा शक्ति शाली रहेकोले त्यसमा बहुमत पुरयाउन आफुहरु कुनै कसर बाँकी राख्ने छैनौ ।उनले अगाडी थपे,‘ उपेन्द्र यादव कार्यकारिणीमा बहुमत देखाएर आफुहरुलाई कारबाही गर्ने तयारी गरेका छन । त्यसलाई तोडन जति रकम लागे पनि आफुहरु पछि पर्दैनाै। ’केही कार्यकारिणी सदस्य आफुहरुको सम्पर्कमा आएको भन्दै उनले भने ‘अहिले पचास लाख भनेका छौ । नभए जति माँगे पनि दिन तयार छौ । उपेन्द्र समूहले पार्टीको विधान अनुरुप कारवाहीको डण्डा चलाए पछि पार्टी र पद दुबै जाने डरले ठाकुर महतो समूह अन्तिम अस्त्रको रुपमा कार्यकारिणी सदस्य खरिद गर्ने प्रयास शुरु गरेका हुन । संसदीय समितिमा बराबरीको संख्यामा रहेको ठाकुर महतो समूहले पछिल्लो समयमा मन्त्री बनाइदिने प्रलोभन सहित ५०–५० लाख नगद नै दिएर उपेन्द्र समूहका पाँच सांसदलाई खरिद गरेर बहुमत पुरयाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर