Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

नव प्रवेशीहरुलाई अध्यक्ष यादवले गरे स्वागत

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १६:१६

जनता समाजवादी पार्टी नेपालमा आज नेपाली कांग्रेश, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका शिर्ष नेतृत्वसहित विभिन्न पार्टीका करिब २०० बढी नेता कार्यकर्ता प्रवेश गरेका छन्।

लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर फूलमालाले स्वागत गरेका छन्। विभिन्न प्रतिगामी शक्तिको षड्यन्त्रले गर्दा पार्टी टुटफुटको शिकार भएपनि लुम्बिनी प्रदेशमा जसपा नेपाल झन् बलियो भएर अघि बढ्न सफल भएको छ।

जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र जनमतकै कार्यकारिणी समिति सदस्य निलम यादवसहित जनमतको टीम जसपा नेपाल प्रवेश गरेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका स्थानीय प्रभावशाली नेताहरुको समूहले समेत आ-आफ्नो पार्टी परित्याग गरी जसपा नेपाल रोजेका छन्।

पहिचानको मुद्दा, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र समग्र राष्ट्रको नेतृत्वदायी भूमिकाको लागि एकमात्र विकल्प जसपा नेपाल भएको प्रतिक्रिया दिदै उनीहरु अध्यक्षको हातबाट टिका लगाएर पहिचान र अधिकारको मुद्दामा सक्रिय भएर लाग्ने बचनबद्धता जाहेर गरेका छन्।

जनताको मुद्दाप्रति स्पष्ट र अडिग भएर अघि बढेको जसपा नेपालमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेको संख्या झन् बढदो छ। खास गरी सरकारले बलजफ्ती ल्याउन खोजेको भूमि सम्बन्धि अध्यादेश राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै त्यसको विरुद्धमा उभिएपछि जनताबीच जसपा नेपाल एउटा विश्वाशिलो र बलियो शक्तिको रुपमा स्थापित भएको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर