Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

प्रतिक्षा खबर
२०८१ श्रावण २४, बिहीबार १५:१०

२४ साउन, काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरू पुगेका थिए । विमानस्थलमा पत्रकारहरुले उनलाई ‘कस्तो महसुस भइरहेको छ’ भनेर सोधेका थिए । जवाफमा उनले ‘आफू आभारी रहेको’ बताए ।

स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नु परेको थियो ।

यसपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन नेतृत्व लिएको थियो । जसअनुसार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्दैछ । उनीसहित १५ सदस्यीय सल्लाहकार परिषद्ले बिहीबार बेलुकी ८ बजे शपथ ग्रहण गर्ने बंगलादेशका सेना प्रमुख जमानले बताएका छन् ।

प्रधानमन्त्री हसिनाले देश छाड्दा युनुस ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिसमा थिए । पेरिसमै भएका बेला विद्यार्थीहरुले स्वतन्त्र चुनाव गराउन उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका थिए ।

उनीहरुले सेनाको समर्थन वा सेनाले बनाउने सरकार आफूहरुलाई मान्य नहुने भन्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको माग राखेपछि सेना पनि सहमत भएको थियो ।

विद्यार्थीहरुले सुरुमा प्रस्ताव राख्दा आफूले नस्वीकारेको युनुसले बताएका थिए । ‘मैले त्यसबेला धेरै काम गर्न बाँकी छ भनेको थिएँ, तर विद्यार्थीहरुले मलाई पटकपटक अुनरोध गरे’, उनले भनेका थिए, ‘त्यसपछि विद्यार्थी म जिम्मेवारी लिन तयार भएको थिएँ ।’ ८४ वर्षीय युनुस गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।

गरिबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरेर उनले ग्रामिण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । त्यसका लागि प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामिण बैंकलाई सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानून उल्लंघन गरेको भन्दै जेल सजाय सुनाएको थियो । तर, उनले यो आरोप राजनीति प्रेरित भएको भन्दै आलोचना गरेका थिए । अहिले उनलाई अदालतले यो आरोपबाट सफाइ दिइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर