Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

७ जना नेपाली युवतिको उद्धार दुई जना पक्राउ

प्रतिक्षा खबर
२०७८ भाद्र १२, शनिबार ०९:४३

१२ भदौ, वीरगञ्ज । प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो ।
अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो ।
भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा युवतीको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
‘छौँडादानोमा पुगेपछि मोबाइल खोसी अँध्यारो कोठामा राखेका रहेछन् । भारतकै विभिन्न स्थानमा पठाइ रकम लिइ निजहरूको इच्छा विपरीत अशोभनीय पोशाकमा विना पारिश्रमिक नाचगान गराउने, शारीरिक तथा मानसिक यातना दिइ श्रम शोषण गर्ने तथा बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको रहेछ,’ उनले भने, ‘त्यही समयमा हामीले उनीहरुको उद्धार गर्न सफल भयौं ।
प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको हो ।
उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर