Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

प्रतिक्षा खबर
२०८१ श्रावण ६, आईतवार २२:०८

काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोली पाकिस्तानसँग पराजित बनेको छ । आइतबार राति सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०८ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितका लागि गुल फेरोजाले ५७ रन बनाइन् भने मुनिबा अली ४६ रनसहित नटआउट रहिन् ।

श्रीलंकाको रङ्गिरी दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशालामा यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान गरिन् । उनले ३० बलमा तीन चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन चौका हिर्काइन् ।

कविता जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २३ बलमा एक छक्का र चार चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् । पाकिस्तानकी बलर सादिया इक्वालले दुई विकेट लिइन् ।

यसअघि पहिलो खेलमा भने नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर