Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्दै

प्रतिक्षा खबर
२०७८ आश्विन ३, आईतवार १६:२७

३ असोज, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।
नेपालको प्लेइङ सेटमा आज दुई खेलाडी परिवर्तन गरिएको छ । ब्याटिङमा फ्लप कुशल मल्ल र अघिल्लो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका गुल्शन झा आज बेन्चमा छन् भने उनीहरुको स्थानमा शरद भेष्वाकर र आरिफ शेख पहिलो रोजाईँमा खेल्दैछन् ।
शरद र आरिफले ओमानमा लिग २ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् ।
आरिफ र शरद दुवैले लिग २ को सिरिजअघि पपुवा न्यु गिनी विरुद्धको पहिलो खेल खेलेका थिए । त्यसपछि पपुवा न्यु गिनी विरुद्धको दोस्रो खेल र लिग २ को ३ खेल गरी चार खेलमा बेन्चमै रहे ।
सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि ओमानसँग र अमेरिकासँग भने हार बेहोर्‍यो ।
मुख्य प्रशिक्षक डेभ वाटमोरको लागि यो नै नेपाली टिमसँग अन्तिम खेल रहेकोले जितसहित उनलाई बिदाई गर्ने नेपालको लक्ष्य छ ।
ओडिआईमा नेपालले अहिलेसम्म ओमानसँग ३ खेल खेलेको छ । तर तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर