Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

रेशम चौधरीको मुद्धा फिर्ता गराउने बहानामा ओली सरकारमा ठाकुर र महताे उपप्रधानमन्त्रीसहित गृहमन्त्री लिदै

प्रतिक्षा खबर
२०७८ बैशाख २९, बुधबार २०:३८

काठमाडौं / जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ
(जसपा) का अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा उभिएका छन् । त्यसको संकेत उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेबेला तटस्थ बसेर देखाईसकेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री ओलीको सल्लाहमै आफूलाई तटस्थमा उभ्याएको अड्कलबाजी भैरहेको छ ।
संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान भैसकेको अवस्था छ । तर, बालुवाटार भने विपक्षी गठबन्धनको सरकार नबन्नेमा ढुक्क छ । जसपाको ठाकुर पक्षले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने भनेर सार्वजनिक रुपमै भनिसकेको छ । यही बीचमा हिजो प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको हो । जसपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारमा आउनको लागि आग्रह गरेका छन्
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिएर सरकारमा ठाकुरलाई नै सहभागी हुन पनि प्रस्ताव गरेको स्रोतको दाबी छ । ठाकुरले पनि सरकारमा नजाने भनेर ठ्याक्कै भनिसकेको छैनन् । तर, त्यसको लागि आफूहरुले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने उनको शर्त छ । यदि बहुमतको सरकार नबनेको खण्डमा आलीले नै फेरी विश्वासको मत लिन वा संसद विघटन गर्न सक्छन । तर ठाकुर-राजेन्द्र पक्ष पनि चुनावको पक्षमा नरहेको बुझिएको छ । ओलीले संसद विघटन गर्दा उनीहरु आफै सडकमा उत्रिएको छ । ओलीले उपप्रधानमन्त्री र गृहमन्त्री दिएर सरकारमा सहभागि गराउन पुरै जसपालाई प्रस्ताव राखेको भएपनि उपेन्द्र-बाबुरामको कारण सहमति जुटेन ।
ठाकुर उपप्रधानमन्त्री र राजेन्द्र गृहमन्त्री बन्ने रणनीतिका साथ उनिहरु अघि बढेको बुझिएको छ । गृहमन्त्री बन्ने राजेन्द्र महत्तोको ठुलो सपना रहेको पनि उनि निकट नेताहरु बताउछन ।
गठबन्धनको सरकारमा सहभागि हुदा आफ्नौ माग पुरा हुने तर उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली मन्त्रालय नपाउने भएपछि उनिहरु गठबन्धनको सरकारमा सहभागि नहुने अवस्थामा छन ।
ठाकुर-राजेन्द्र पक्षले आफ्नो नेता कार्यकर्ताहरुलाई लागेको मुद्धा फिर्ता गर्न माग गरेका थियो र सरकारले पनि १२० जनाको मुद्धा फिर्ता लिईसकेको छ । विषेश गरी रेशम चौधरीलाई रिहा गर्न माग गरिराखेको छ तर उनको मुद्धा फिर्ता लिन कानुनत नमिल्ने भएपछि रेशम चौधरीको मुद्धा फिर्ता गराउने बहानामा ओलीलाई नै सहयोग गरेर आफुहरु शक्तिशाली मन्त्रालयको शपथ ग्रहण गर्न लागि परेको स्रोतले बताएको छ ।
दैनिक न्युज नेपाल बाट साभार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर