Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

एकडारामा कुमारिकन्याद्वारा भव्य कलश सोभायात्रा संगै वडा दशै शुरु

प्रतिक्षा खबर
२०८१ आश्विन १७, बिहीबार २१:१५

गोपाल झा

असोज , १७ गते

प्रत्येक वर्ष झै यस वर्ष पनि श्रद्धा र निष्ठाका संग आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरुको महान् चाँड वडा दसैँ आज बिहिबार देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूणर्िमा सम्म धुमधामका साथ मनाउने गरिन्छ । यसै गरी महोत्तरी जिल्लाको एकडारा गाँउपालिका वडा न .१ स्थित दुर्गा मन्दिरमा आज बिहीबार बिहान घटस्थापनाको दिन करीब एक  हजार भन्दा बढि कुमारी कन्या सहित श्रधालुहरु कलश यात्रामा सहभागी भएका थिए ।

घटस्थापना भएको दिन देखि नौ दिन सम्म माता दुर्गा भवानीको विशेष पुजा पाठ गरिने गरिन्छ । उक्त कलश यात्रा एकडारा १ स्थित दुर्गा मन्दिरको प्रगांन बाट शुरूभई ब्रम्हस्थानमा बिधिबत पुजा अर्चना गर्दै गाँउको पश्चिममा लाग्दै गरेको बजार हुदै वडानं २ बेला गाँउको परिक्रमा गर्दै पुनः एकडारा पाठशाला चौकमा रहेको पोखरीमा कलश सोभायात्रामा सहभागी कुमारिकन्याहरु जल भरेर दुर्गा मन्दिर प्राङ्गरमा कलश राखिए पछी समापन भएका छन ।

कलश सोभायात्राको क्रममा जगत साह  बेचन साह र बिरेन्द्र साह लगायतका स्थानिय ब्यबसायीहरु , कलश सोभा यात्रामा सहभागी कुमारिकन्याहरुलाई फ्रुटी र फलफुल बितरण गरेको दुर्गापुजा समितीका अध्यक्ष सोपिन्द्र यादब बताएका हुन् ।

   बिगत २९ बर्ष देखी एकडारामा प्रत्येक बर्ष शरद ऋतुमा मनाईने शारदिय दुर्गापुजामा करीब छौ लाखको हारारीमा हुने खर्च एकडारा बेलाका सम्पुणर् गाँँउबासीले सक्यअनुसार नगद ,चामल , दाल आलु सहीत माता दुर्गाभबानीको पुजाका लागी चन्दा सहयोग गरीदैँ आईरहेको छ । साथै यस बर्ष एकडारा गाँउपालीका र वडानं १ तथा वडा नं. २ को कार्यालयबाट करीब २ लाख रुपैया आर्थीक सहयोग गर्ने आश्वासन दिएको पुजा समितीका अध्यक्ष यादब जानकारी गराएका हुन् ।

नवरात्राको पहिलो दिन कलश स्थाना संगै सुरु भएको पुजा अर्चना सप्तमी तिथिका दिन बिशेष पुजा अर्चना गर्दै मन्दीरमा बनाईको दुर्गा भवानीको प्रतिमा सर्बसाधारणको दर्शन तथा पुजाकालागी सार्बजनीक गरीने छ ।

   कलश स्थापन बिधि सम्पन्न भए लगतै कुमारी कन्याहरुलाई मन्दीरको प्राङ्गणमा पुजा ससमितीद्वरा प्रसाद बितरण गरीएको थियो । आजको कलश भराई कार्यक्रममा सहयोग गर्नुहुने सम्पूणर् सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरी आपसी सद्भाव कायम राख्दै माता दुर्गाको पूजा अर्चनामा सहयोग पाउने वडा नं. १का वडाध्यक्ष मनोज मण्डल बिश्वास ब्यक्त गरेका हुन् ।

नबरात्राको आज पहिलो दिन कलश स्थापना भए लगतै मन्दीर परिसरमा भक्तजनहरुको भिडभाड बढेको दुर्गा पुजा समितिका अध्यक्ष यादबले बताए । पुजा समितिका अध्यक्ष यादब पुजा अबधिमा लाग्ने दशैं मेलामा विभिन्न किसिमको धार्मीक संस्कृतीक कार्यक्रमको आयोजन समेत हुने जानकारी गराएका हुन् ।

    आज सम्पन्न दुर्गा भवानीको कलश सोभा यमत्रा भजन कीर्तन र बाजागाजाका साथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिताले एकडारा गाँउ भक्तिनगरमा परिणत भएको छ । कलश यात्रामा नगरका महिला , पुरुष , पेसाकर्मी, व्यापारी लगायत श्रद्धालुको विशाल सहभागिताले महान पर्वको गौरव र गरिमा बढाएको आयोजक समितिले जनाएको छ ।

लोकलयका भाकामा भजनकीर्तन सहित स्थानीय वेशभूषा लगाएका, झण्डा तोरण बोकेका भक्तजनको कलश यात्राले गाँउ परिक्रमा गरेको थियो । यो पर्वमा प्रतिमाको रुपमा  दुर्गा भवानी सहित महिषसुर , लक्षमी , शरस्वती , गणेश सहीतका प्रतीमाको पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

कलश यात्रा समापनपछि आज नवदुर्गा भवानीको प्रथम शक्तिस्वरूपिणी शैलपुत्रीको वैदिक परम्पराअनुसार पूजा अर्चना गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर