Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

धनुषाबाट २५ बोरा मरिच बरामद

प्रतिक्षा खबर
२०७६ माघ ११, शनिबार १४:३३

जनकपुरधाम : धनुषामा तस्करी ह्वात्तै बढेको छ । प्रहरीले तीन दिनमै भारतबाट नेपाल र नेपालबाट भारत तस्करी गर्न खोजिएको ११ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ। शुक्रवार साँझ प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बाट २५ बोरा मरिच (६ क्विन्टल २५ किलोग्राम) बरामद गरेको छ ।

ज१च १९६३ नम्बरको म्याजिक भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको मरिच चेकजाँचका क्रममा बरामद भएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। तस्करी भइरहेको विशेष सूचनाका आधारमा मुखियापट्टी मुसहरनियादेखि भारततर्फ जाने सडकमा चेकप्वाइन्ट राखेर उक्त म्याजिकलाई मरिच, १० कार्टुन चाउचाउ र अर्को १० कार्टुन चिजवल सहित नियन्त्रणमा लिइएको हो। म्याजिक चालक महोत्तरीको एकडारा गाउँपालिका १ का २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बिहीबार विदेह नगरपालिका २ दुहबी बजारबाट २ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न लत्ताकपडा पनि बरामद गरेको थियो। तर तस्करलाई पक्राउ गर्न नसकिएको दुहबी प्रहरी चौकीले जनाएको छ। बुधवार पनि प्रहरीले जनकनन्दनी गाउँपालिका–२ बल्हा टोलबाट ५५ हजार ७ सय रुपैयाँ बराबरको तस्करी गर्न लागिएको सामान बरामद गरेको थियो। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ५० किलोग्राम मरिच र २५ किलोग्राम हरियो केराउ बरामद गरेको हो। थाहाखबरबाट

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर