Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पत्रकार महासंघले बोलायो भर्चुअल बैठक

प्रतिक्षा खबर
२०८१ आश्विन ७, सोमबार २०:४७

काठमाडौँ । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक बोलाएको हो ।

महासंघको सदस्यता शुद्धीकरणको विषयमा देखिएको जटिलतालाई लिएर तोकिएको समयमा निर्वाचन सम्पन्न हुन नसकेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका थिए । त्यसपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै असोज १२ गते महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तय गरेका थिए । तर कार्यवाहक अध्यक्ष विष्टले पनि सदस्यताको जटिलतालाई लिएर राजीनामा दिएपछि हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी महिला उपाध्यक्ष वाला अधिकारीले सम्हाल्दै आएकी छिन् ।

महासंघले भनेको छ, ‘कार्यवाहक अध्यक्ष विष्टले राजीनामा दिँदै गर्दा ५३ जिल्लाका अध्यक्षले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) बमोजिम निर्वाचन हुन नसकेपछि सोही विधानको परिच्छेद ९ को धारा ३५ को उपधारा ७ बमोजिम प्रदेश र जिल्ला शाखाका अध्यक्षको भेला आयोजना गरी महासंघको निर्वाचनमा देखिएको समस्या तथा सदस्यता शुद्धीकरणका विषयमा उठेको जटिलतालाई सुल्झाइ सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन माग गरी ध्यानाकर्षण पत्र बुझाएकोले सोही विषयमा निष्कर्षमा पुग्नका लागि असोज ९ गते बुधबार बिहान ९ बजे भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक गर्ने निर्णय भएको हुँदा सोहीअनुसार सहभागिता जनाउनुहुन हार्दिक अनुरोध छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर