Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मानव मस्तिष्कभित्र बढ्दैछ प्लाष्टिक कणको मात्रा

प्रतिक्षा खबर
२०८१ भाद्र १०, सोमबार ०७:४८

वाशिङटन डीसी । मानव मस्तिष्कभित्र प्लाष्टिकका मसिना कणको मात्रा बढेको एक अध्ययनले देखाएको छ । सन् २०२४ को शुरुमा अटोप्सीमार्फत मानव मस्तिष्कको केही नमुना संकलन गरिएको थियो । आठ वर्ष अघि संकलन गरिएको नमुनाको तुलनामा यस पटक मस्तिष्कको नमूनामा बढी प्लाष्टिकका टुक्रा भेटिएको समाचारमा उल्लेख छ ।

औसत ४५ देखि ५० वर्षका सामान्य व्यक्तिको मस्तिष्कको तौलको शून्य दशमलव ५ प्रतिशत अर्थात् प्रतिग्राम ४ हजार ८०० माइक्रोग्राम प्लाष्टिक भेटिएको अध्ययनका प्रमुख लेखक न्यू मेक्सिको विश्वविद्यालयको फर्मास्युटिकल विज्ञानका  प्राध्यापक म्याथ्यू क्याम्पेनले भनेका छन् ।

सन् २०१६ मा अटोप्सीबाट लिइएको मस्तिष्कको नमूनाको तुलनामा प्लाष्टिकको तौल ५० प्रतिशत धेरै भएको क्याम्पेनले भनेका छन् । ‘यसको मतलव अहिले मान्छेको दिमागमा ९९ दशमलव ५ प्रतिशत मात्रै दिमाग छ, बाँकी प्लाष्टिक छ,’ उनले भनेका छन् । अध्ययनले मान्छेहरुमा प्लाष्टिकको बढ्दो प्रयोगलाई देखाएको यसले मस्तिष्कमा पारेको असरबारे कुनै जानकारी भने नदिएको न्यु जर्जीको रट्गर्स विश्वविद्यालयमा फर्माकोलोजी र टक्सिकोलोजीको सह प्राध्यापक फोबे स्टाप्लेनले भनेकी छिन् ।

अध्ययनहरूले मान्छेको मुटु, रक्त नली, फोक्सो, कलेजो, आन्द्रा र प्लेसेन्टामा समेत प्लाष्टिकको कण देखाएका छन् । प्लाष्टिक बिना कोही पनि बस्न वा बाँच्न सक्दैन । हाते फोन देखि कम्प्युटरसम्ममा प्लाटिकको प्रयोग भएका छन् । तर बोतल, ब्याग आदि लगायत प्लाष्टिकको सम्पर्कमा कसरी कम आउन सकिन्छ भनेर चाँहि कोशिश गर्न सकिने बोष्टन कलेजमा सार्वजनिक जनस्वास्थ्यसम्बन्धी कार्यक्रमका निर्देशक डा. फिलिप लान्द्रिगान भन्छन् । यो अध्ययनको नतिजा जर्नलमा सार्वजनिक हुन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर