Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सर्वोच्चबाट कैद ठहर भएका कांग्रेस नेता उपप्रधानमन्त्री र गृहमन्त्रीको दैलोमा

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार २१:०५

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद सिंहलाई सर्वोच्च अदालतले कैद सजाय हुने ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा ९ महिना कैद तोकिएका सिंहले पछिल्लो समय उप–प्रधानमन्त्री र गृहमन्त्री सहितका उच्च पदस्थहरूलाई भेटेका छन् । उनी नेपाली कांग्रेसको सर्लाही जिल्लाका सभापति हुन् ।

विशेष अदालतले २०७१ पुस २५ मा मनुष्मारा सिँचाइ आयोजना क्षेत्रको वन मासेको मुद्दामा उनलाई दोषी ठहर गरेर डेढ वर्ष कैद र २ करोड ८९ लाख ७४ हजार ४६० जरिवाना हुने फैसला गरेको थियो । सो फैसलाविरुद्ध सिंहले सर्वोच्चमा पुनरावेदन गरे । विशेषले सिंहलाई थोरै सजाय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सिँचाइ आयोजना क्षेत्रमा रहेको सिसौका रुख स्थानीय प्रशासनसँग मिलेर भारततर्फ बेचेको घटनामा सर्वोच्च अदालतले २०८० फागुन १५ मा विशेषले गरेको कैद र जरिवानामा ‘केही उल्टी’ हुने फैसला गरेको थियो । सर्वोच्च अदालतका एक जना उच्च अधिकृतका अनुसार सिंहको हकमा विशेषले गरेको फैसलाको आधा सजाय ठहर भएको छ ।

सिंहलाई सर्वोच्चले ९ महिना कैद र १ करोड ४४ लाख ८७ हजार जरिवाना ठहर गरेको छ । तर, पूर्ण पाठ नआएको हुनाले सिंहले आफूले ‘सफाइ’ पाएको जिकिर गर्ने गरेका छन् । मुद्दाबाट आफूले सफाइ पाएको उनले रातोपाटीसँग दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘कहाँबाट मलाई कैद र जरिवाना सजाय भएको छ ? सर्वोच्चबाट मैले सफाइ पाएको हुँ ।

कैद र जरिवाना ठहर हुँदा पनि उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग भेटघाट गरेका हुन् । भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर हुँदा पनि कानुन कार्यान्वयन गर्ने मुख्य निकायका पदाधिकारीलाई भेटेर उनले कानुनी राज्यको ‘खिल्ली उडाएको’ भनेर आलोचना भएको छ ।

२०५८ सालतिर मनुष्मारा उपभोक्ता समिति अध्यक्ष रहँदा सिंहकै नेतृत्वमा सिसौ फडानी भएको अख्तियारको अनुसन्धान निष्कर्ष छ । यसअघि सिंह प्रदेश सांसदमा उठ्न खोजे पनि अदालतबाट भ्रष्टाचारी ठहर भएकाले अन्तिम समयमा उठेका थिएनन् । भ्रष्टाचार मुद्दा लागेकोबारे प्रश्न उठेपछि उम्मेदवारी खारेज हुनसक्ने भन्दै उनले आफ्नो भाइ वीरेन्द्र सिंहलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाए । अहिले वीरेन्द्र मधेस प्रदेश सरकारको महिला, बालबालिका तथा खेलकुद मन्त्री छन् ।

भ्रष्टाचार मुद्दामा अदालतबाट ठहर भएको कैद र जरिवाना भुक्तान गर्नुपर्छ । भ्रष्टाचार मुद्दामा १ दिन कैद सजायको फैसला भए पनि जेलमा बस्नुपर्ने कानुनी व्यवस्था रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘कुनै मुद्दामा १ वर्षभन्दा थोरै कैद सजाय भएमा तोकिएको रकम तिरेर कैद नबस्ने व्यवस्था छ तर, भ्रष्टाचार मुद्दामा सो सुविधा हुँदैन ।’

विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीले गरेको फैसलाको पूर्णपाठ अनुसार सिंह यसअघि ४ महिना २६ दिन कैद बसेको भेटिएको छ ।

घटना के थियो ?

२०५८ सालमा सुरेन्द्र सिंह मनुष्मारा सिँचाइ आयोजनाको उपभोक्ता समितिको अध्यक्ष र ठेकेदार पनि थिए । अर्का ठेकेदार थिए, अमिरी राय यादव । सिँचाइ आयोजना सञ्चालन गर्न रुखहरूले अप्ठेरो पारेको भन्दै आयोजना आसपासका १८ हजारभन्दा धेरै रुख उनीहरुले फडानी गरेर बेचेका हुन् ।

भारततर्फ रुख बेचेर आम्दानी भएको रकममध्ये केही रकम सरकारी खातामा जम्मा गरे पनि अधिकांश रकम उनीहरू आफैँले मासेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

त्यसबिरुद्ध अख्तियारले अनुसन्धान गरेर वनमासी मुद्दा विशेषमा दायर गरेको थियो । २०८० फागुन १५ मा सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलले विशेषको फैसलामा ‘केही उल्टी’ हुने फैसला गरेका हुन् । सिंह कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर