Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको तयारी

प्रतिक्षा खबर
२०८१ भाद्र ४, मंगलवार २१:०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशनको तयारी गरिएको छ । बुधबारदेखि पार्टी कार्यालय वनस्थलीमा सुरु हुने केन्द्रीय समिति बैठकमा ढकालको निष्काशनबारे छलफल गरेर आवश्यक निर्णय गर्न लागिएको हो ।

एक पदाधिकारीले बुधबारको बैठकबाट ढकालको विषयमा निर्णय गर्नुपर्ने अवस्था रहेको बताए । ‘समय रहे निर्णय गर्छौं । उहाँ साधारण सदस्य नरहने गरी कारबाही हुने सम्भावना बढी छ ।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ ।

असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो ।

केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखी उनलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको त्यतिबेला कार्यबाहक प्रवक्ता मनिष झाले बताएका थिए ।

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएपनि उनले यो बीचमा पार्टीलाई चुनौती दिँदै गतिविधि गर्दै आइरहेका छन् । उनको गतिविधिले पार्टीलाई क्षति पुगिरहेकाले अब पार्टीको साधारण सदस्य समेत कायम गर्न सक्ने अवस्था नरहेको नेताहरूको भनाइ छ ।

यसैबिच केन्द्रीय समिति बैठकको एजेण्डा थप गरिएको छ । यसअघि बैठकका ७ एजेण्डा तय भएकोमा अहिले ३ वटा थपेर १० बनाइएको रास्वपाले जनाएको छ ।

बैठकका एजेण्डा निम्न छन्– 

१. समसामयिक राजनीति र पार्टी गतिविधि ।

२. राष्ट्रिय भेला ।

३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।

४. संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।

५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।

६. स्थानीय तह उपनिर्वाचन बारे ।

७. संविधान दिवसको कार्यक्रम बारे ।

८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल।

९. केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।

१०. विविध

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर