Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जनगणनामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने विषय अन्यौलमै

प्रतिक्षा खबर
२०७८ भाद्र २३, बुधबार २१:२४

२३ भदौ, काठमाडौं । जनगणना २०७८ मा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराका नागरिक समट्ने वा नसमेट्ने भन्ने विषयको अन्यौल अझै कायम छ ।
केन्द्रीय तथ्यांक विभागले २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणनाको मिति तय गरेको छ । यो अवधिमा देशका अन्य सबै भू-भागमा एक साथ जनगणना हुने छ । तर, विवादित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराका नागरिकको सन्दर्भमा के गर्ने भन्ने विषय भने अझै अन्यौल रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । ‘हामी पुग्न नसक्ने स्थानमा स्थानीय तह र सरकारका अन्य निकाय पुग्न सक्छ’, उनले भने, ‘त्यो सम्भव नभए वैकल्पिक व्यवस्थाबारे सोच्नु पर्छ ।’
उनका अनुसार विवादित भूमिमा अनुमानका आधारमा गर्न सकिने विभिन्न विधिबाट जनगणना गर्न सकिन्छ । तर, के गर्ने भन्ने विषयमा भने सरकारले नै निर्णय गर्नुपर्छ । नेपालको सरकारी संयन्त्रले यी विवादित भूमिमा पुगेर जनगणना गर्न सक्ने अवस्था भने छैन । किनकी भारतले समेत यो भूमिमा आफ्नो दावी गर्छ । यो भूमिबाहेक अन्य भेगका लागि भने ७ प्रदेश, ८० जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालयमार्फत जनगणनाको काम हुने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर