Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाले साँझ भेटवार्ता गर्ने तय

प्रतिक्षा खबर
२०८१ भाद्र ३, सोमबार १७:४३

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिएपनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भेट हैदरावाद हाउसमा हुने बताइएको छ ।

भेटका क्रममा राणाले आपसी चासोका विषयमा छलफल गर्ने तयारी गरेकी छन् । सोमबार नै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरिसकेकी छन् । द्विपक्षीय भेटवार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबिच राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् ।

उनले भनिन्,‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर