Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

उपचार खर्च तिर्न नसकेर मण्डलले गरे आत्महत्या

प्रतिक्षा खबर
२०७८ मंसिर १०, शुक्रबार १६:५८

विराटनगर, मंसिर १० गते ।
उपचार वापतको रकम तिर्न नसकेर अस्पतालको बन्धक बनेका एकजनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गर्ने ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका वडा न. १ का मण्डलको उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो । मण्डलले आज बिहान ६ बजे सोही अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । अस्पतालबाट हामफालेर गम्भीर घाइते भएका मण्डलको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मण्डल छय रोगको पुरानै समस्या रहेका मण्डललाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।
आइसियुमा राखेर उनको उपचार भएको थियो । अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचार वापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।
उपचारमा लागेको मध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सकेपछि मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको परिवारजनको दाबी छ । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर