Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

विन्दा पाण्डेलाई पार्टीमा फर्काउन ओली तयार

प्रतिक्षा खबर
२०८२ बैशाख २, मंगलवार २१:२५

काठमाडौँ, वैशाख २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई आलोचनामा समय खर्चन छाडेर पार्टीमा सक्रिय हुन भनेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४० मिनेटको भेटका क्रममा अध्यक्ष ओलीले डा पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा बसेर काम गर्नुपर्ने सर्त राखेका छन्। काठमाडौँको कीर्तिपुरमा एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दानमा लिएर केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि गरेको टिप्पणीका कारण ओलीले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। गत पुस ११ गते बसेको सचिवालय बैठकबाट उनलाई निलम्बन गरिएको थियो। त्यसअघि उनलाई स्पष्टीकरण पनि सोधिएको थियो।

‘सकभर मिलेर जाऊँ, पार्टीमा सक्रिय हुनुपर्छ भन्नुभयो तर उहाँ (पाण्डे)ले स्पष्ट रुपमा मानिहाल्ने कुरा गर्नुभएको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘मिल्ने, मिलाउने प्रयास हो। पार्टीले निर्णय गरेर उहाँ सुध्रिनुभयो भन्न सक्छ। तर, उहाँले पनि त बाहिर नबोल्ने वा केही न केही सुधारका संकेत देखिनुपर्‍यो।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर