Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

संसदीय समितिमा सभापति यादव र माओवादी सांसद किरातीको नोकझोंक

प्रतिक्षा खबर
२०८१ श्रावण १०, बिहीबार १९:००

१० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापति राजकिशोर यादव र माओवादी सांसद सुदन किरातीबीच भनाभन भएको छ ।

सौर्य एयरको विमान दुर्घटना भएको भोलिपल्ट बिहीबार बैठक बोलाएको समितिले पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक लगायतका अधिकारीलाई बोलाएको थियो ।

छलफलका क्रममा पूर्व पर्यटनमन्त्री समेत रहेका माओवादी सांसद किरातीले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्र्याएर नियमनकारी र सेवा प्रदायक अलग–अलग निकाय बनाउनुपर्ने बताए ।

विमानस्थलहरुलाई पीपीपी मोडलमा लैजान आफ्नै पालामा अध्ययन भएको भन्दै उनले नयाँ सरकारले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । त्यसपछि उनले दक्षिण कोरियामा जान उसकै जहाज चाहिने किन भयो भनेर प्रश्न गरे ।

‘हाम्रो जहाज लैजाने कुरामा हाम्रो सर्वभौम सत्ताको कुरा छ । डिजीबाट अठ्यारो हुन्छ भने मन्त्रिस्तरबाट निर्णय गरेर हुन्छ कि क्याबिनेटमा निर्णय गराएर हुन्छ, बाटो हामीले खोल्नुपर्छ’, उनले अगाडि भने, ‘हुन त सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसीमा पनि त्यस्तै भन्थे, गयो त हाम्रो देश ?’

सांसद किरातीले ठूला निर्णय गर्न बाटो हेराहेर भइरहेको भनिरहेका बेला समिति सभापति यादवले समयको चाप रहेको भन्दै छोट्याउन आग्रह गरे ।

सांसद किरातीले एजेण्डा राखेपछि बोलिसकौं भनेर जवाफ दिए ।

त्यसपछि समिति सभापति र सांसद किराँतीबीच निकैबेर सवाल जवाफ भयो ।

समिति सभापति यादव : टेक्निकल्ली राख्नुस् न ।

सांसद किराती : टेक्निकल्ली त म कसरी राख्छु, म त राजनीतिक मान्छे । राजनीतिक मान्छेले कुन चाहिँ जहाज कति घन्टा उडाएर ….. म त सक्दिन नि त ।

(सहभागीहरु गलल हाँसे)

समिति सभापति यादव : समय ख्याल गरौं न ।

सांसद किराती : विषयमा नीति केन्द्रित भन्नु न सभापतिज्यू । कसरी टेक्निकल्ली टेक्निकल्ली भन्नुहुन्छ, म त जान्दिन नि त । म त पाइलट पनि परिनँ ।

समिति सभापति यादव : राजनीतिक विषयको बहस यहाँ गरेर हुँदैन नि !

सांसद किराती : राजनीतिक मान्छेले के गर्छ त ?

समिति सभापति यादव : ठीक छ, यहाँ विषयमा केन्द्रित होऔं न

सांसद किराँती : केमा केन्द्रित गर्दैछु त म ?

समिति सभापति यादव : तपाईं अब यो जालोले गर्न दिएन, त्यो जालोले गर्न दिएन …।

सांसद किराती : सभापतिज्यू, तपाईंले कोरियाको ल्याउनुभयो नि त, म त्यही गर्दैछु ।

समिति सभापति यादव : त्यही गरौं न त

सांसद किराती : अनि के गर्दैछु त ?

समिति सभापति यादव : तपाईं मन्त्री भएर आउनु भएको मान्छे, समय चाप छ ।

सांसद किराँती : तपाईंले एजेण्डा किन राख्नुभएको त ?

समिति सभापति यादव : ठीक छ त, तपाईंले राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित भएर राख्नु

सांसद किराती : म विषयभन्दा कसरी बाहिर गएँ ? तपाईंले पो बुझ्नु समस्या भयो यो त ?

त्यसपछि भने समिति सभापति यादव रिसाए । उनले भने, माननीयजी, तपाईंले अलिकति हद पार गर्दै हुनुहुन्छ क्या । तपाईंले यहाँ जालोले …।

सांसद किराती पनि रिसाए । उनले चर्कै स्वरमा भने, ‘माननीय सभापतिज्यू तपाई दोहोरो सम्वाद गरेर समय नष्ट गर्ने, धेरै एजेण्डाहरु राख्ने ।’

बैठकको अध्यक्षता गरेका समिति सभापति यादवले समयमा बोलिसक्नुपर्ने बताए । तर सांसद किराती रोकिएनन्, उनले भने, ‘तपाईंले एजेण्डा राखेकोमा हामीले बोल्न नपाउने ? तपाईंको हठ के हो यो ? तपाई हठी कि म हठी ?’

सभापति यादवले समयलाई ध्यान दिन आग्रह गरे । तर सांसद किरातीले उनीतिर औला देखाएर भने, ‘बेकारको कुरा गर्नुहुन्छ । शासन होइन सभापतिज्यू, कोअर्डिनेसन गर्नुस् ।’

समिति सभापति यादव : होइन, तपाईले समयलाई … ।

सांसद किराती : तपाईको नयाँ मन्त्री त छ, किन चार चार वटा (एजेण्डा) गर्नुभयो त ?

समिति सभापति यादव : किन गरिँदैन ?

सांसद किराती : अनि मैले बोल्न किन रोक्नुहुन्छ ?

समिति सभापति यादव : विषयमा राख्नु न

सांसद किराँती : म त यत्रो पढ्दै थिएँ । अझै छोट्याउन खोजेको ।

त्यसपछि अरु सांसदले रोक्न खोजे । सांसद किरातीले आफू विषय केन्द्रित भएर बोल्दा पनि सभापतिले विषय केन्द्रित, टेक्निकल भनेको भन्दै उनले भने, के हो यो ? अरु माननीय जति त मैले बोलेको छैन । ल ठीक छ, सभापतिज्यू म बोलिनँ ।

त्यसपछि समिति सभापति यादवले सांसद हरि उप्रेतीलाई बोल्न समय दिए । उनी बोलिरहँदा माओवादी सांसद किराती आफ्नो स्थानबाट उठेर भने, ‘सभापतिज्यू म लागेँ । तपाईले हामीलाई धम्क्याउन बोलाउनु भएको रहेछ । धन्यवाद ।’

समिति सभापति र अरु सांसदले कसैले नधम्क्याएको भन्दै बस्न आग्रह गरे । छेउमा रहेका उप्रेतीले ‘यस्तो गम्भीर विषय छ …।’ मात्र के भनेका थिए, सांसद किराती उनको प्रतिवादमा उभिए ।

सांसद किराती : गम्भीर विषय छ त मैले राख्न पाउनुपर्‍यो नि कुरा ।

सांसद उप्रेती : राख्नु भयो कि कुरा । एकएक घन्टा राख्नु भयो ।

सांसद किराती : तपाईंले मलाई रुल गर्ने कि उहाँले ? तपाई फेरि रुल गर्न थाल्ने ?

त्यसपछि सांसद किराँतीले एजेण्डामा बोल्दा पनि रोकेको भनेर सभापति यादवसँग आक्रोस पोखे, यादवले समयमा जोड दिए ।

उनले भने, ‘यसलाई त्यही गरौं न ।’

अर्का सांसदले थपे, ‘यसलाई निरन्तरता दिउँ । सबैले जति राख्नुपर्ने छ, राख्ने ।’

सांसद किरातीले सभापतिले यति भन्नुपर्ने बताए । अरुलाई जति पनि बोल्न दिएको, तर आफूलाई टेक्निकल कुरा गर्नु भनेको भन्दै उनले भने, ‘म इन्जिनियर हो र, म त राजनीति गरेर आएको हुँ सभापतिज्यू । तपाई गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाई नै गरेर प्रतिवेदन दिनुस् ।’

‘कसरी झर्‍यो ? दाहिने गयो कि देब्रो गयो प्लेन सबै हेर्नुस्’ भन्दै उनी बाहिरिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर