Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सर्लाहीमा बालिका उद्दार गर्न जाँदा खोलामा डुबेर मृत्यु

प्रतिक्षा खबर
२०८१ श्रावण ३०, बुधबार २१:०३

३० साउन,  । सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएका बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार स्थानीय अजय गिरीका १२ वर्षीया छोरी निशाकुमारी र १५ वर्षकी पिंकीकुमारीलाई खोलाले बगाएको थियो । घाँस काट्न जाने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

त्यस क्रममा उद्दार गर्नका लागि स्थानीय गजेन्द्र साह खोलामा पसेका थिए । तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदी बहिनीमध्ये १५ वर्षकी पिंकीकुमारी पौडी खेलेर बाहिर निस्केको र निशाकुमारी बेपत्ता रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

गजेन्द्रको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ भने बेपत्ता निशाकुमारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर