Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महाराष्ट्र : प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिए

प्रतिक्षा खबर
२०८१ श्रावण ३, बिहीबार २१:१८

गडचिरोली । महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिएका छन् । यो भिडन्त छत्तीसगढ र महाराष्ट्रको सीमा क्षेत्रमा भएको हो।

गडचिरोलीको झारवण्डी थाना अन्तर्गत छिन्दभट्टी र छत्तीसगढको बन्दे काँकेर थानाको बिचको जंगलमा बुधबार दिउँसो १:३० देखि २ बजेसम्म प्रहरी र माओवादीको बटालियनबिच भिडन्त भएको थियो ।

भिडन्तमा एक प्रहरीलाई पनि गोली लागेको बताइएको छ । समाचार एजेन्सीका अनुसार दिउँसो सुरु भएको भिडन्त साँझसम्म जारी रहेको थियो ।

छत्तीसगढ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबिच ६ घण्टासम्म गोली हानाहान भएको थियो । त्यसपछि उक्त क्षेत्रमा खोजी गरिएको थियो । खोजीका क्रममा हालसम्म १२ माओवादीको शव बरामद भएको छ । यसका अलावा ३ एके ४७ थान, एक कार्बाइन, एक एसएलआरसहित सात वटा स्वचालित हतियार पनि बरामद गरिएको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फनाविसले पनि माओवादीसँगको भिडन्तमा १२ नक्सलवादी मारिएको जानकारी दिएका छन् । महाराष्ट्र सरकारको तर्फबाट उनले गडचिरोली प्रहरीलाई ५१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर