Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पहिलो पटक उपेन्द्रको साथविना प्रचण्डको विश्वासको मत

प्रतिक्षा खबर
२०८१ असार २८, शुक्रबार २१:४१

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पहिलो पटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको साथविना संसदमा विश्वासको मत लिएका छन् ।

संसदमा विश्वासको मतमात्र होइन, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संसदीय राजनीतिमा आएका दुवै जनाले एक अर्काको साथ कहिल्यै छाडेका थिएनन् ।

सरकार गठनमा होस् या आन्दोलन, दुवै जनाले एक अर्कालाई साथ दिँदै आएका थिए । कुनैबेला माओवादीमा सँगै काम गरेका प्रचण्ड र उपेन्द्रबिच २०६३ मा भएको गौर घटनाले केही दुरी बढाएको थियो । २०६५ मा भएको संविधान सभा चुनावपछि उनीहरू फेरि सँगै हिँडे ।

दोस्रो संविधान सभा चुनावपछि २०७२ जेठमा भएको १६ बुँदे सम्झौतापछि केही समयका लागि दुवै जना अलग भएका थिए । संविधान संशोधनका लागि आन्दोलन हुँदा फेरि प्रचण्ड र उपेन्द्र एक ठाउँमा आएका थिए ।

त्यसपछि कहिल्यै उनीहरूले एक अर्काले साथ छाडेनन् । प्रचण्ड नेतृत्वको हरेक सरकारलाई जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ हुन्थ्यो । प्रचण्डसँग कोही नउभिए पनि छेउमा उपेन्द्र यादव देखिन्थे । त्यसले उपेन्द्रलाई वापमन्थी भनेर आरोप पनि लाग्ने गर्थ्यो । तैपनि एक अर्काको साथ उनीहरूले छाडेका थिएनन् । २०७९ को चुनावमा उपेन्द्र यादवले कांग्रेस–माओवादी गठबन्धन छाडेर एमालेसँग सहकार्य गरी चुनावमा भाग लिएका थिए ।

चुनावपछि उपेन्द्र पुनः प्रचण्डतिर फर्केका थिए । त्यसपछि दुवै जनाले एक अर्कालाई साथ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नो भागको उपराष्ट्रपति दिएर उपेन्द्रलाई बाराबाट उपनिर्वाचन जिताएका थिए ।

प्रचण्डले उपेन्द्रलाई चुनावमात्र जिताएका थिएनन्, उनलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालय दिएर सरकारमा पनि ल्याएका थिए । तर पछिल्लो घटनाले दुवैबिचको सम्बन्धमा नराम्रो चिरा परेको छ । जसले गर्दा आज प्रधानमन्त्री प्रचण्डले लिइरहेको विश्वासको मतमा उपेन्द्रको साथ थिएन ।

आफ्नो पार्टी प्रधानमन्त्री प्रचण्डले नै विभाजन गराएको जसपाका अध्यक्ष उपेन्द्र यादवको आरोप छ । त्यही कारणले साथ छाडेका उपेन्द्र यादव आज संसदमा प्रचण्डको साथ थिएन, उनको विपक्षमा खडा भए । यस्तै प्रचण्डपनि विश्वासको मत पाउनबाट असफल भए ।

संसदमा रहेका हरेक दलले प्रचण्डलाई कहिले साथ दिए, कहिले दिएनन् । तर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमदेखि हालको जसपा नेपालले निरन्तर साथ दिँदै आएको थियो ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् । उनले भने, ‘हाम्रो पार्टी प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिन्छ ।’ विगतदेखि माओवादीका अध्यक्ष प्रचण्डलाई आफू र आफ्नो पार्टीले साथ दिँदै आएको तर उनले नै आफ्नो पार्टी विभाजनमा भूमिका खेलेको अध्यक्ष यादवले गुनासो गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर