Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

राजेन्द्र महतोद्वारा मधेसी–पहाडी एकता सभा आयाेजना

प्रतिक्षा खबर
२०८१ असार १, शनिबार २१:२५

सर्लाही । राष्ट्रिय मुक्ति क्रान्तिले सर्लाहीमा ‘मधेसी–पहाडी एकता सभा’को आयोजना गरेको छ ।

मधेस ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना तथा पूर्व मन्त्री रामनरेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मधेस मुद्दालाई ओझेलमा पार्नका लागि राज्यले मधेस आन्दोलनलाई पहाडी विरुद्धको आन्दोलन भएको भ्रम फैलाएको दाबी गरे ।

यो भ्रमलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा  पुरा गराउन मधेसी पहाडी एकता सभाको आयोजना आवश्यक रहेको बताउँदै उनले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले क्रान्ति गर्न आवश्यक रहेको बताए ।

अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरू अहिलेसम्म छुट्टाछुट्टै सङ्घर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए । आदिवासी जनजाति, मधेसी, उत्पीडित खस आर्य सबै मिली सङ्घर्ष  गर्नुको विकल्प नरहेको उनले बताए । मधेसमा तराई, पहाड, हिमाल सबै भूगोलका बासीहरू बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी, राजिव झा, बुद्धछिरिङ मोक्तान, जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान , हुसेन खान, विनोद साह, जीवन तामाङ, राजेश यादव लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

लालबन्दीको खेल मैदानबाट सुरु भएको र्‍याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो । स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर