Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

राजेन्द्र महतोको मुक्ति क्रान्तिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

प्रतिक्षा खबर
२०८१ जेष्ठ ५, शनिबार २०:३०

५ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । मुक्ति क्रान्तिले पहिलो चरणमा काठमाडौंमा गत फागुन १४ र १५ गते अगुवा कार्यकर्ता भेला र दोस्रो चरणमा १६ गते माइतीघरको निषेधाज्ञा तोड्न माग गर्दै प्रदर्शन गरेको थियो ।
पार्टीको गभर्निङ काउन्सिलको जेठ १ देखि ३ सम्म भएको बैठक र मधेश थरुहटका नेताहरुसँगको छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक महतोले जानकारी दिए । ६ जेठमा सुरु हुने दोस्रो चरणका कार्यक्रममा ११ जेठसम्म प्रशिक्षण अन्तर्क्रियाका कार्यक्रमहरु राखिएका छन् । त्यसपछि भने आमसभा र प्रदर्शनीका कार्यक्रमहरु राखिएका छन् ।
१२ जेठमा पाँचथरको फेदेनमा आमसभा राखेको मुक्ति क्रान्तिले १६ जेठमा सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा ककनीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । त्यस्तै १७ जेठमा भोजपुरमा र १९ जेठमा धरानमा आमसभा राखेको छ । महतोले २१ जेठमा दाङको घोराही र २४ जेठमा काठमाडौंको इटुम्बहालमा आमसभा राखेको जानकारी दिएका छन् ।
२६ जेठमा विराटनगरमा कोशी नामकरणको विरोधमा प्रदर्शन, २९ जेठमा ढोरपाटन शिकार आरक्षविरुद्ध प्रदर्शन, १ असारमा सर्लाहीको लालबन्दीमा मधेशी पहाडी एकता प्रदर्शनी र ४ असारमा काठमाडौंको माइतीघरबाट स्वशासन विधान घोषणा राखिएको संयोजक महतोले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर