Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

छोरीलाई सक्षम र शिक्षित बनाउने अभियानमा गाउँपालिका अध्यक्ष राज कुमार यादव

प्रतिक्षा खबर
२०७६ फाल्गुन २५, आईतवार १९:३८
फोटो-प्रतीक्षा खबर

अशाेक कुमार यादव-सोनमा,
साेनमा गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादवले गाउँपालिका सरकार गाउँपालिकाकाे हरेक विद्यालयमा पढिरहेका छाेरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागिपरेकाे बताएकाे छ।

महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर ८काे श्री नेपाल राष्ट्रिय राघवेन्द्र मा वि सुखचैना सिहासनिमा अायाेजित साइकल वितरण समारोहलाई सम्बोधन गर्नु हुँदै साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभए सम्म साेनमा गाउँपालिका समृद्ध नहुने भएकाले साेनमा गाउँपालिका स्थानिय सरकारकाे रुपमा यस अभियानमा अघि बढेको बताउनु भयो । प्रदेश सरकार प्रदेश २का हरेक विद्यालयमा अध्ययनरत कक्षा ८काे छात्राहरुलाई साईकल वितरण गरिदै अाईरहेकाे हुनाले हामिहरु कक्षा ८काे छात्रालाइ न दिई कक्षा ९ मा अध्ययनरत छात्रालाइ दिन लागेकाे बताउनु भएकाे छ । गाउँपालिकामा शिक्षाकाे प्रगति गर्न उदेशले गाउँपालिका भित्रका सबै विद्यालयमा दिने निर्णय गरेकाे जनाएका छन । विभिन्न कारणले समयमा वितरण गर्न नसकेकाले पहिलेकै घाेषना स्वरुप कक्षा ९बाट कक्षा १०मा पुगिसकेकी छात्राहरुलाई वितरण गरिएकाे छ।

अध्यक्ष यादवले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण र गाउँपालिकामा जन्मलिने प्रत्येक छाेरीलाइ गाउँपालिका स्तरबाट रु ३०००००।तीन लाख दिन घाेषना संगै अघि बढाएको उल्लेख गर्नु भयो ।
छोरीहरु शिक्षित र समक्ष भै सके पछि उनिहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले अवको १५ वर्ष पछि महिलाहरुले जिल्ला , प्रदेश , विभिन्न पालिकाहरु चलाएर नमूना कायम गर्ने दावी समेत गर्नु भयो ।

प्राबिधिक शिक्षा बिना गाउँपालिका समृद्ध हुन न सक्ने उल्लेख गर्नु हुँदै उहाँले प्राविधिक र उच्च शिक्षा दिने विद्यालयकाेलागि समत अगाडि बढने र छिट्टै प्राविधिक शिक्षा ल्याउन लागेको र त्यस पछि सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको शुरुवात समेत हुने बताएका छन ।
अाज साेनमा गाउँपालिका वाडा नम्बर ८मा गाउँपालिका स्तरबाट अायाेजना गरिएकाे साईकल वितरण कार्यक्रममा महाेतरी जिल्ला क्षेत्र नम्बर ४काे सांसद एवम संघिय सरकारकाे स्वास्थ्य तथा जन्सख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव ,साेनमा गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख राज कुमार साह, जिल्ला शिक्षक महासंघ काे स सचिव एवम यश विद्यालयकाे प्र अ सराेज कुमार यादव, नेपाल शिक्षक महासंघ साेनमाकाे अध्यक्ष रमेश कुमार याद,नेपाल शिक्षक संघकाे जिल्लाकाे काेषाध्यक्ष रंजय राय,साेनमा गाउँपालिकाे प्रवक्ता एवम साेनमा वाडा नम्बर १का वडा अध्यक्ष अशाेक कुमार यादव ३का वाडा अध्यक्ष पुलिन्द्र कुमार यादव,७काे महेश प्रसाद यादव,८काे राजदेव प्रसाद यादव लगायत विद्यालयमा कार्यरत शिक्षक र स्थानियहरुकाे सहभागिता रहेकाे थियाे । अाज अायाेजना गरिएकाे साईकल वितरण कार्यक्रमा वाडा नम्बर ८ मा रहेका ने रा रा मा वि कक्षा १०मा अध्यनरत ५३जन छात्राहरुलाइ सांसद डा सुरेन्द्र कुमार यादव र गापा अध्यक्ष राज कुमार यादवले संयुक्तरुपमा साइकल वितरण गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर