Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ

प्रतिक्षा खबर
२०८० माघ २९, सोमबार २२:५०

कृष्णनगर, कपिलवस्तु, माघ २९
कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।
ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।
लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर