Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्षा खबर
२०८० कार्तिक २०, सोमबार १५:५३

२० कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्‍यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७१/७२मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्‍न लिखतबाट उठेको राजश्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
मालपोत कार्यालय पर्साको ‘ग’ फाँटबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको भन्‍दै पर्साको तत्कालिन मालपोत अधिकृत हरिनारायण मिश्रसँग २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यस्तै तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीसँग १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ, चन्द्रबहादुर भण्डरीसँग २ लाख ४४ हजार ४६२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
त्यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीसँग अख्तियारले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ विगो माग दाबी गरेको छ भने तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायसँग ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ विगो माग दाबी गरेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर