Advertisement
ताजा खबर

महोत्तरीबाट ४ क्विन्टल गाँजा बरामद

प्रतिक्षा खबर
२०८० आश्विन २५, बिहीबार १५:३७

महोत्तरी प्रहरीले बुधबार राति ४ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ।
गएराति करिब २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले बरामद गरेको गाँजा ४ क्विन्टल ५ केजी छ।
प्रहरीले गाँजासहित ट्रक र ट्रक सहचालक मकवानपुरको थाहा नगरपालिका २ का २२ वर्षीय विशाल थिङलाई नियन्त्रणमा लिई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर