Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

वार्तामा जान शिक्षक महासंघ तयार, रणनीति बनाउन छलफलमा

प्रतिक्षा खबर
२०८१ चैत्र २७, बुधबार १९:१९
२७ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । सरकारले बोलाएको वार्तामा भोलि (बिहीबार) शिक्षक महासंघ जान लागेको हो ।

महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति बनाउने वा को-को जाने भन्ने लगायत विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ ।

‘शिक्षक महासंघलाई सम्बोधन गरेर फेरि शिक्षा सचिवको एउटा पत्र आयो । अहिले वार्तामा कसरी सहभागी हुने, को-को जाने भनेर रणनीति बनाउन छलफल गरिरहेका छौं,’ ती पदाधिकारीले भने ।

आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुली महासंघ आन्तरिक छ्लफलमा रहेको बताउँछिन् । ‘हामी छलफलमा छौं,’ उनले भनिन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने बताएको छ ।

‘भोलि (बिहीबार) उहाँहरूले आउने भन्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।

बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

शिक्षकहरूले यसअघि दिउँसै बत्ती बालेरकालो मास्क लगाएर, सिटी फुकेर प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर