Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

एकडारा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

प्रतिक्षा खबर
२०८० जेष्ठ ३२, बिहीबार ००:०९

गोपाल झा

महोत्तरी , जेष्ठ ३१ गते

महोत्तरीको एकडारा गाँउपालीका स्थित एकडारा स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन भएको छ ।

बुधबार एक कार्यक्रमका बिच एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डलले जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन करेका हुन् ।

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशको सहयोगमा प्रयोगशालाको स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मण्डलले स्वास्थ्य नै मानवको सबैभन्दा ठूलो धन भएको बताउँदै उनले स्वास्थ्य नै अन्य विकासको पनि आधार भएकोले  स्वास्थ्यका क्षेत्रमा आफू संवेदनशील रहेको भन्दै आगामी दिनमा गाउँपालिका मार्फत स्वास्थ्य क्षेत्रमा थप सेवा सुबिधा प्रदान गरिने बताएका छन् ।

अध्यक्ष मण्डलले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्व सबैभन्दा बढी रहेकाले ल्याब स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताए । ‘अब यहाँ उपचार गराउन आउने बिरामीहरुलाई लैब टेसटकोलागी बाहिर जान पर्दैन’बताउँदै ‘बाहिर जाँदा खर्च धेरै हुने भएकाले आर्थिक रूपमा समेत यसले सहुलियत हुने बताएका हुन् ।

हामीले पाँच स को अबधारणमा स्वास्थ्य, शिक्षा, सिचाई , सडक कृषि र सुचनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आई अरेको अध्यक्ष मण्डलले बताए ।

आफू निर्वाचित भएदेखि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको र फलस्वरूप प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशको सहयोगमा यहाँ ल्याब स्थापना गर्न सफल भएको अध्यक्ष मण्डलले बताए ।

स्वास्थ्य चौकीमा ल्याव प्रयोगशाला नहँदा स्थानीयबासी बाहिर गएर महंगो शुल्क तिर्न बाध्य हुँदै आएका थिए अब यहाँ जाच गराएनेलाई बिशेष छुट अति न्युन शुल्कमा जाँच हुने भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेश , एकडारा स्वास्थ्य चौकीमा संचालन भएका प्रयोगशालामा करीब ८० लाख बराबरको ल्याब सामग्री प्रदान गरेका छन भने लैब टेक्नोलोजिस्टको समेत ब्यबस्था गरेको ल्याब टेक्नाृेलोजिस्ट महानन्द यादब जानकारी गराएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशको सहयोगबाट प्रयोगशालामा प्रयोग हुने सामग्रीहरू प्राप्त भएको र सबैको सहयोगबाट सेवा सञ्चालनमा ल्याउन सफल भएका छौं’, स्वास्थ्य संयोयक महेन्द्र कुमार मण्डलले ल्याब स्थापनाबाट एकडारा गाँउपालीका सहीत छिमेकका नगरपालिका मनरासिस्वाका सर्बसाधारण समेत सबैेलाई सहज हुने बिश्वास ब्यक्त गरेका छन् ।

स्वास्थ्य चौकीसँगै बर्थिङ सेन्टर समेत रहेकाले प्रसुति सेवा लिन आउने गर्भवती महिलालाई अब ल्याबको सेवा लिन सहज भएको छ । एकडारा गाँउपालिकामा एक आधारभुत स्वास्थ्य सेवा केन्द्र र चार वडामा स्वास्य चौकी रहेको छ ।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै वडा नं. ३ का वडाध्यक्ष रामबिलास यादबले एकडारा स्वास्थ्य चौकीको भौतिक संरचना , बर्थिङ सेन्टर गायत प्रयोगशालाको समेत ब्यबस्था भई सकोले अब यहाँ बिशेषज्ञ डाँक्टरको आबस्यकता रहेको कमी औँल्याएका थिए । उद्घाटन कार्यक्रमको अवसरमा जसपाका नेता हरिनारायण मण्डल , वडा अध्यक्षहरु विद्यालयका प्रधानाध्यापकहरु , स्थानीय सामाजिक अभियन्ता समाजसेबी , बिभिन्न स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी  र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो ।

स्वास्थ्यचौकीमा २४सै घण्टा प्रसुती सेवा उपलब्ध रहेको र अब उपरान्त लैब प्रयोगशाला समेत २४सै घण्टा संचाल रहने स्वास्थ्य संयोयक मण्डलले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर