Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित हुन नसकेकोबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रतिक्षा खबर
२०८१ जेष्ठ २, बुधबार १५:३६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सङ्घीय संसदबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित हुन नसकेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
राष्ट्रपति पौडेलले हिजो सङ्घीय संसदमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहे पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेन ।
यही विषयमा बिहान प्रधानमन्त्री र सभामुखबीच झण्डै ४५ मिनेट छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भैरहेको निरन्तरको अवरोधले नागरिकस्तरमा नै वितृष्णा फैलिएको बताउनुभयो ।
उहाँले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव समेत पारित नभएको अवस्थामा तत्कालै प्रमुख प्रतिपक्ष दल कांग्रेससँग सहमति गर्न आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको र भोलि बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर