Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महन्थ ठाकुरले पाएनन् रेशम चौधरीको साथ,चाैधरी जसपामै रहेकाे दाबी

प्रतिक्षा खबर
२०७८ भाद्र १०, बिहीबार १६:२२

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन ।
लोसपाका नेताहरुले बुधबार रेशम चौधरीले आफूहरुको पक्षमा सनाखत गरेको दाबी गरे पनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ । आयोगले रेशम चौधरीको सनाखत नभएको बताएको छ । दल दर्ताका क्रममा सनाखत गर्नका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेकोमा रेशम चौधरी आयोगमा उपस्थित भएनन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘पार्टी दर्ताका लागि निवेदन दिएका सदस्यहरु आयोगमा उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीको सनाखत भएको छैन । उहाँहरुको १६ जना केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदको सनाखत भएको छ । रेशम चौधरी अनुपस्थित हुनुभएको छ ।
लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले भने रेशम चौधरीको सनाखत कारागारबाटै आएको बताए । उनले भने कारागारका प्रमुखको उपस्थितिमा रेशम चौधरीले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोगमा आइपुगेको छ, त्यसलाई आयोगले मान्यता दिएको छ ।
रेशम चौधरी सांसदबाट निलम्बित भएको हुनाले उनको सनाखत सांसदको रुपमा नभएर कार्यकारिणी सदस्यमा भएको उनले दाबी गरे ।
लोसपाले १५ जना सांसदको नामावली पेस गर्दा त्यसमा रेशम चौधरीको नाम पनि समावेश गरेको थियो । त्यसपछि आयोगले संसद सचिवालयलाई रेशम चौधरीको बारेमा जानकारी माग गर्दा उनी निलम्बित सांसद रहेको जानकारी प्राप्त गरेको थियो । त्यसपछि लोसपाका १४ जना सांसद मात्र कायम भएका छन् ।
आयोगमा लोसपाको सनाखतको तयारी चलिरहँदा जसपाका दुईजना सांसद रेशम चौधरीलाई भेट्न कारागार गएका थिए । भेटमा रेशम चौधरीले आफू जसपामै रहेको बताएका थिए । एकदिन अगाडि लोसपाका अध्यक्ष महन्थ ठाकुर आफै हस्ताक्षरका लागि कारागार पुगेका थिए । तर, चौधरीले हस्ताक्षर गर्नका लागि इन्कार गरेका थिए । चौधरीले आफू जसपा लोकतान्त्रिकका सनाखत गर्न तयार थिए । तर, अब लोसपा भएका कारण आफू हस्ताक्षर नगर्ने भन्दै अध्यक्ष ठाकुरलाई कारागारबाट फर्काएको चौधरीलाई भेटेर फर्केका ती सांसदले रातोपाटीलाई बताए ।
रेशम चौधरी जसपाको कार्यकारिणी सदस्य छन् । आधिकारिताका लागि भएको मतदानको समय रेशम चौधरी तटस्थ बसेका थिए । उपेन्द्र यादवले जसपाको आधिकारिता पाइसकेपछि रेशम चौधरीले आफू जसपामा रहेको बताएका थिए । त्यसपछि जसपाले उनलाई कार्यकारिणी सदस्यमा राखेको छ । महन्थ ठाकुर पक्षले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा चौधरीको नाम हालेर पनि दिएका थिए । तर, बुधबार चौधरीले लोसपाका लागि सनाखत गर्न इन्कार गरे ।
राताेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर