Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेशमा मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारीमा जसपा नेता यादव

प्रतिक्षा खबर
२०७९ पुष २६, मंगलवार २०:०६

२६ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीले दावी पेश गर्ने तयारी गरेको छ । मधेशमा पहिलो पालोमा जसपाले सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलहरुबीच सहमति छ । सोही सहमति अनुसार जसपा संसदी दलका नेता सरोज यादवले मुख्यमन्त्रीमा दावी पेश गर्न अन्य दलसँग छलफल अघि बढाएका छन् ।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेको नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा बहुमत पुग्छ । सत्ता साझेदार दलसँगै केही स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्ने जसपा नेता यादवको तयारी छ ।
यादवले भोलिसम्म मुख्यमन्त्रीमा आफ्दो दावी पेश गर्ने बताए । ‘बढीभन्दा बढी बहुमत पुर्‍याएर दावी पेश गर्ने तयारी गरेको हुँ । आज वा भोलिसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्छु’ उनले भने ।
मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको लागि मुख्यमन्त्रीमा दावी पश गर्ने समतय तोकेका छन् । जसका लागि जसपाले संसदीय दलका नेता यादवलाई अघि सारेको हो । यादव मधेश प्रदेशका निवर्तमान सभामुख हुन् । उनी २०७४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बनेका थिए । पछि जसपा विभाजन हुँदा उपेन्द्र यदवको पक्षमा लागे । मधेश प्रदेशमा जसपाको १६ सांसद छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर