Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

इजलासमा सन्दीपको बयान : उक्साहटमा अभियोग लगाइयो

प्रतिक्षा खबर
२०७९ कार्तिक १५, मंगलवार २०:४२

१५ कात्तिक, काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोग झुटो भएको बताएका छन् । उजुरीकर्ता किशोरीले कसैको उक्साहटमा आफूमाथि अभियोग लगाएको उनको दाबी छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा बलात्कार मुद्धामा अभियोगपत्र दायर गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंमा सन्दीपको बयान सकिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बयानका क्रममा सन्दीपले आफ्नो बचाउ गरेका छन् । सन्दीप पक्षका वकिल मुरारी सापकोटा भन्छन्, ‘बदनियतका साथ कसैको उक्साहटमा जबर्जस्तीकरणीको अभियोग लगाइएको छ भनेर बयान गर्नुभएको छ ।’
उनले आफ्नो इन्कारी बयानलाई पुष्टि हुने प्रमाणका रुपमा पीडित युवतीको जन्मदर्ताको विषय समेत उठाएका छन् । ‘नागरिकतालाई प्रमाण मान्ने कि जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ’, भन्छन्, ‘स्वास्थ्य परीक्षणका क्रममा बताएको केस हिस्ट्री र प्रहरीमा दिएको बयान फरक देखिएको छ ।
सन्दीपमाथि ५ भदौमा काठमाडौंको एक होटलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
त्यो बेला विदेशमा रहेका सन्दीप २० असोजमा स्वदेश फर्किएलगत्तै पक्राउ परेका थिए । उनको मुद्दामा थुनछेक बहस भोलि बुधबारदेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर