Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

उम्मेदवारी दर्ता गर्दा १८ बुँदे स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने

प्रतिक्षा खबर
२०७९ आश्विन २१, शुक्रबार १८:२३

असाेज २१ गते
यही असाेज २३ गते आइतवार हुने मनाेनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाे छ । निर्वाचन आयाेगले आज शुक्रवार विज्ञप्ति निकालेर मङ्सिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनाेनयनपत्रसँगै स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएकाे छ ।
आयाेगका अनुसार उम्मेदवारले आफू नेपालकाे संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघाेषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै सङ्घीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि २३ गते बिहान १० बजेदेखि बेलुकी ६ मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर