Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ रहेकाे छ अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७७ पुष १९, आईतवार २०:३४

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए ।
पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै भष्म गर्न खोजे जस्तै ओलीले जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोजेको बताए ।
संविधानमार्फत् जनताले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा र संविधानमा रहेका त्रुटिलाई सच्चयाउनुपर्नेमा भएका अधिकारलाई नै डुबाउने गरी ओलीले काम गरेको उनले आरोप लगाए ।
ओली माक्सवादी, साम्यवादी पनि नभएको उल्लेख गर्दै अध्यक्ष यादवले उनको कार्यशैली महेन्द्रवादी, नश्लवादी र निरंकुशवादी रहेको बताए ।
उनले संसद विघटन गरेको ओलीको मनसाय नै लोकतन्त्र, गणतन्त्र, संघीयता, मौलिक अधिकार समाप्त गरी सर्वसत्तावाद साशणतर्फ लग्ने रहेको बताए । ‘ओलीले चुनाव गराउँदैनन्,’ उनले भने, ‘अब यसपछि प्रदेश सभा हटाउँछ र देशमा संकटकाल लगाउँछन् । संकटकालबाट पनि आन्दोलन नरोकिए सेनालाई जिम्मा दिएर संविधान भंग गराएर अघि बढ्न खोज्छन् ।
पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर ओलीले संघीयता फाल्न चाहेको उनको भनाइ छ । ‘पार्टीभित्र विवाद भइरहन्छ । राजनीतिकमा विवाद हुनु ठूलो कुरा होइन,’ अध्यक्ष यादवले भने, ‘घरमै पनि बुवा छोरा, श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ । के त्यो झगडालाई हल गर्ने कि घरमै आगो लगाइदिने ?
आफूहरुले संविधान त्रुटिपूर्ण छ भनिरहँदा पनि संविधान जारी भएको भन्दै उनले संविधानमा कतिपय राम्रा कुरा रहेको बताए । संघीयता, गणतन्त्र, सार्वभौमसम्पन्न जनता, मौलिक हक समावेशिताजस्ता कुरा संविधानको राम्रो पक्ष भएको बताउँदै उनले निर्वाचन प्रणाली, शासकीय स्वरुप, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधत्व, बहु्भाषिक नीति भने संशोधन गर्नुपर्ने बताए ।
अनलाईन डटकडटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर