Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

राष्ट्रपतिको निर्णय नउल्टिँदासम्म रेशम कारागार जानु पर्दैन

प्रतिक्षा खबर
२०८२ बैशाख १७, बुधबार १९:१०

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको कुनै शाखा समेत उल्लेख नगरी जारी भएको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका पूर्वसांसद रेशम चौधरी पक्राउ परे ।

उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको भएपनि राष्ट्रपतिबाट उनले आममाफी पाइसकेका छन् । आममाफी विरुद्धको रिट निवेदन विचाराधीन भएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

मुद्दा विचाराधीन भएकै अवस्थामा माफी पाएका कसुरदारलाई पक्राउ गर्न अदालतबाट जारी भएको पत्रले धेरैलाई आश्चर्यमा पारेको छ ।

घटना के हो ?

२०७२ साल भदौं ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा आठ सुरक्षाकर्मी र एकजना शिशुको ज्यान गएको घटनामा चौधरी लगायतमाथि ज्यान मुद्दा चलेको थियो ।

रेशम चौधरीलाई जन्मकैद हुने भनी जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले २ जेठ २०८० मा सदर गरेको थियो । फैसलाको पूर्णपाठ तयार नहुदै सरकारले दुई सातापछि नै माफी मुल्तबीको प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिवसका अवसरमा १५ जेठ, २०८० मा माफीमिनाहाको निर्णय गरेपछि चौधरी कैदमुक्त भएका थिए । राष्ट्रपतिले गरेको निर्णय अदालतबाट नउल्टिँदासम्म चौधरी कैदमुक्त हुने निर्णयले वैधता पाउँछ, उनी कारागारमा जानुपर्दैन ।

जघन्य हत्याका घटनामा आममाफी र माफीमिनाहा नहुने भनी सर्वोच्च अदालतले विभिन्न मुद्दामा नजीर प्रतिपादन गरेको छ । आफ्ना पति लगायतका व्यक्तिको हत्याराले आममाफी पाउन नहुने भनी शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

उनले रेशम चौधरी विरुद्ध दायर गरेका दुई रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छन् । रेशम चौधरीलाई आममाफी दिएको निर्णय लगत्तै दायर भएको पहिलो रिट निवेदन १६ जेठ, २०८० मा दर्ता भएको थियो । त्यो मुद्दा सर्वोच्च अदालतमा चलिरहेकै थियो ।

त्यसपछि नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल ढकाललाई सरकारले कैदछुट दिएर थुनामुक्त गर्‍यो । चेतनकी पत्नी भारती मानन्धरले दायर गरेको रिटनिवेदनमा सर्वोच्च अदालतले पिडितको सहमतीविना कैदमाफी हुन नसक्ने नजीर प्रतिपादन गर्‍यो । चेतन विरुद्धको मुद्दा फैसला भएलगत्तै शारदा कडायतले रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी अर्को रिट निवेदन दर्ता गरिन् ।

ती दुवै रिट निवेदन विचाराधिन भएको अवस्थामा सर्वोच्च अदालतबाट पत्र गएको हो । सर्वोच्च अदालतले शारदा कडायतको माग बमोजिम राष्ट्रिपतिको निर्णय बदर गरेमा मात्रै रेशम चौधरी कैद हुने अवस्था थियो । मुद्दा विचाराधिन भएकै अवस्थामा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर