Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पत्रकारहरूकाे क्षमता अभिवृद्धि गर्न पार्टी तयार छ : डा. सुरेन्द्र यादव

प्रतिक्षा खबर
२०७९ आश्विन ४, मंगलवार २३:०१

रामगाेपालपुर (प्रतिक्षाखबर) – जनता समाजवादी पार्टीका नेता एवं संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले पत्रकारलाई आवश्यक सहयाेग र सहकार्य गर्न पार्टी तयार रहेकाे बताएका छन्।
मंगलबार महाेत्तरीकाे रामगाेपालपुरमा प्रेस मञ्च नेपाल महाेत्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै मन्त्री यादवले यस्ताे बताएका हुन् ।
मन्त्री यादवले आफू महाेत्तरी क्षेत्र नं. ४ बाट चुनाव लड्ने निश्चित रहेकाे बताए ।
स्थानीय चुनावमा चाहेजस्तो नतिजा नआउनुमा आफ्नै साथीहरूले धाेका दिएकाे आराेप लगाए। तर, आत्तिहाल्ने कुरा छैन। स्थानीय तहकाे परिणामभन्दा संसदीय चुनावमा फरक मत आउने दावी गरे ।
महाेत्तरीकाे ३ र ४ जसपाकाे पाेल्टामा आउने जनाउँदै ४ वटै क्षेत्रमा प्रदेशमा १/१ सिट लिने दावी गरेकाे बताए ।
सरकार निर्माणमा सिट संख्याले पनि ठूलाे महत्त्व राख्दछ। उनले भने, “देशका शक्तिशाली पार्टीबाट चुनाव जितेपनि मधेसीहरू खासै प्राथमिकतामा पर्दैनन् ।
संघीय सरकारमा आफू राज्यमन्त्री हुँदा विभिन्न उपलब्धिमूलक काम गरेकाे बताउँदै त्यसअनुरूप नै स्वास्थ्य क्षेत्रमा काम भैरहेको बताए ।
मन्त्री जाे भएपनि ब्युराेक्रेटहरूले सजिलै काम हुन दिँदैन । विभिन्न बाहाना बनाउने र काम अवरुद्ध गर्न मन्त्रालयका कर्मचारीहरू अग्रसर हुन्छन् ।
त्यसैले सकभर बढी सिट पाउने र पाएकाे सिट जित्ने दाउमा जसपा रहेकाे उनले बताए । अगामी चुनावबारे हाम्राे पार्टी गम्भीर छ, “गठबन्धनमा छलफल भैरहेकाे छ। सकारात्मक निर्णय आउनेमा विश्वस्त रहेकाे बताए ।”

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर