Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सीमाबाट अवैध रकम ओसारपसार, दुई दिनमा ३४ लाख बरामद

प्रतिक्षा खबर
२०७७ भाद्र १२, शुक्रबार १३:०९

१२ भदौ, रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ ।
सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ ।
आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका मनोज कुमार साहलाई श्रोत नखुलेको ६ लाख ४० हजारसहित पक्राउ गरेको छ । उनले हेलमिटभित्र सो रकम लुकाएका थिए ।
बिहीवार २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित भारतीय मोटरसाइकलमा सवार राजपुर ९ बैरियाका दिलिप कुमार साहलाई पक्राउ गरेको थियो ।
सीमा नाका बन्द रहेको अवस्थामा नेपाल-भारततर्फ करोडौं रुपैयाँ थन्किएको छ । नेपालसँगको कारोबार भएको सीमा क्षेत्रको बजार र आवतजावत बन्द भएका कारण सो रकम स्थीर अवस्थामा छ ।
रौतहटसँग सीमा जोडिएको भारत बिहारको बैरगनियामा मात्रै ५ करोडभन्दा बढी नेपाली रुपैयाँ जम्मा रहेको श्रोत बताउँछ । भारतीय व्यापारीहरुसँग रहेको सो रकम उनीहरु नेपालमा पठाएर नेपालमा थन्किएको भारतीय रुपैयाँ फिर्ता लग्न खोजीरहेका छन् ।
रौतहटको ईशनाथ, गौर र राजदेवी नगरपालिकाका नाकाहरु यस कामको लागि प्रयोग भइरहेको छ । ईशनाथको औरैया, मठिया, महुलिया, लवतना, गौरको महादेवपट्टी र राजदेवीको बेलबिछवा नाका यस कामको लागि प्रयोग भइरहेको छ ।
८ जेठमा रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयाबाट नेपाल प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको थियो ।
रौतहटको गौर ४ टिकुलियाबाट ईशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई प्रहरीले नगद ८ लाखसहित पक्राउ गरेको थियो ।
१८ असारमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित गौर–२ महादेवपट्टिबाट गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका थिए ।
श्रावण ६ गते ईशनाथ नगरपालिका ४ स्थित प्रहरी चौकी मठिया अगाडि ईशनाथ ४ का १९ वर्षीय पवन कुमार सिन्हाको साथबाट श्रोत नखुलेको ११ लाख रुपैयाँ नेपाल प्रहरीले बरामद गरेको थियो ।
भदौ ३ गते प्रहरीले गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीबाट श्रोत नखुलेको ६ लाख ४० हजार रकमसहित २ भारतीय महिलालाई पक्राउ गरेको थियो ।
११ भदौमा रौतहटको ईशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर