Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

विजय कृष्णमूर्तिलाई प्रहरीले ‘सोधपुछ’ गर्न खोजेको विषय के हो ?

प्रतिक्षा खबर
२०८१ भाद्र १, शनिबार १०:३९

काठमाडौँ । पशुपतिको कोटीहोम स्थलमा शुक्रबार साँझ प्रहरी पुगेर विवादित कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई भने, ‘महाराजजी एकछिन हामीसँग जानुपर्ने भयो ।

कोटीहोम समापन गरेर पार्किङमा आएका कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरी कुरेर बसेका थिए । विजयले प्रहरीको आग्रह अस्वीकार गरे ।

उनीसँगै साथमा भएका सहयोगीले प्रतिकार गर्न थाले । फेसबुक लाइभमार्फत कृष्णमूर्तिले भने, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस् ।

दुई पक्षको बिचमा झडप भयो । झडपमा परेर प्रहरी वृत्त गौशालामा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । राति काठमाडौँका एसएसपी बसन्त रजौरे गौशालामा गएर कृष्णमूर्तिसँग कुरा गर्न खोजे । तर, कृष्णमूर्तिले रजौरेसँग पनि भेट्न मानेनन् । प्रहरी वृत्त गौशालामा रजौरेले उनका सहयोगीलाई बोलाएर कुरा गरेर फर्किए ।

कृष्णमूर्तिले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को बारेमा सोधपुछ गर्न खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । यसअघि उनी विभिन्न मुद्दामा पक्राउ परेको र अदालतबाट फैसला भए अनुसार ठगी मुद्दामा १ वर्ष २ महिना थुनामा बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेको प्रहरीको ‘अपराध रेकर्ड’मा देखिन्छ ।

तर, अपराध रेकर्डमा भएको कुरा अहिले उनले लिएको प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख छैन । प्रहरी चारित्रिक प्रमाणपत्रमा कुनै मुद्दा नलागेको भन्ने विवरण ‘लेखाएर’ लिएको आरोप छ ।

प्रहरी रिपोर्ट ‘कहाँबाट लिनुभयो ?’ भनेर उनीसँग सोधपुछ गर्न मात्रै खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘उहाँलाई पक्राउ गर्न खोजेका होइनौँ, सामान्य विषयमा बुझ्न मात्रै त्यहाँ प्रहरी पठाएका थियौँ ।’

धेरै पटक पक्राउ परेको र कैदमा बसेको भए पनि पुलिस रिपोर्ट कसरी ‘क्लियर’ आयो भन्नेबारेमा प्रश्न उठेको छ । ‘मिलेमतो’मा प्रहरी रिपोर्ट लिएका आशङ्कामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर