Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

लगातारको बर्षा पछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त

प्रतिक्षा खबर
२०७९ असार १५, बुधबार २०:०६

महोत्तरी, अषाढ १५ गते
गाेपाल झा बिगत केही दिन देखी लगातार भईरहेको बर्षा पछि महोत्तरीका किसानहरु धान रोपाइँ गर्न व्यस्त भएका छन् ।
एक सातायता दिनहुँजसो पानी परिरहेको छ । किशानहरुको लागी धान रोपाई गर्न मुख्य समय आषाढ महिनाको पहिलो साता आद्र्रा नक्षत्र मानिएको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने र धान राम्रो सप्रीने किसानको अनुभव रहेको छ ।
महोत्तरीको एकडारा सहित जिल्लाका सबै भेगमा पानी परेपछि किसानहरु अहिले धान रोपाई गर्न सक्रिय बनेका छन् । अषाढ मसान्त सम्ममै धानको उपयुक्त रोप भएको एकडारा गाँउपालीकाका किशान राम उकबाल मण्डल बताउँछन् । मौसमले साथ दिए यसपाल िसमयमै धान रोपाइँ सकिन्छ, मण्डलको बिश्वास छ ।
महोत्तरी सहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन पहिले रोपिएको बीउको रोपो गाँजिए पछि उखेलेर रोप्ने रोपाइँ सक्ने उपयुक्त समय हो ।
यता यसपालि धानको बिउका अभाव र मौसम अनुकुन न हुँदा समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्थामा बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा अहिले पानी लागी सकेको छ ।
किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने र रोप्ने काममा व्यस्त भएका छन् ।
जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ ।
यता समयमा बीउ, मल न पाँउदा र युवा जनशक्ति बिदेशीने भएकोले खेती गर्न गाह्रो भएको मनरा सिसवाका किशान हरीदेव बताउँछन् ।
जिल्लामाकुल १ लाख १२ हजार ३ सय ३० हेक्टर खेतीयोग्यजग्गा रहेको छ । जसमध्ये झण्डै ४५हजार हेक्टर जग्गामा धान खेतीगर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर