Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

महोत्तरीबाट अबैध नोटको कारोबारी गर्ने दुई जना भारतीय नागरिक पक्राउ

प्रतिक्षा खबर
२०७८ माघ ७, शुक्रबार २०:३५

गोपाल झा
महोत्तरी, ७ पुष
महोत्तरीबाट अबैध नोटको कारोबारी गर्ने दुई जना भारतीय नागरिकलाई महोत्तरी प्रहरी पक्राउ गरेका छन्
बिहिबार राती महोत्तरीको मटिहानी-जनकपुर सडखण्डमा नक्कली नोटसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बिहीबार राति भारतको मधवापुर सहरबाट बिआर ३० ए २४०३ नं को भारतीय प्लेटको मोटरसाइकलमा जाली नोट बोकी नेपाल छिरेका भारतीय नागरीक नुरुल होदा जनकपुर जाँदै गर्दा मटिहानी नपा-३ धिरापुरचोकमा रहेको बिकाश आयल स्टोर्स नजिक नियमित जाँचका लागि खटिएको प्रहरीे टोलीले नक्कली नोट सहित होदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रबक्ता डिएसपी प्रकाश बिष्ट जानकारी गराएका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको ग्रामपञ्चायत देआराबारी बस्ने ४० वर्षीय नुरुल होदा रहेको प्रहरी प्रबक्ता बिष्ट जनाएका हुन् ।
पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली १ हजारका दरको उउटै सिरियल नम्बर भएको जाली नोट २ थान बरामद गरेको छ । नियन्त्रणमा लिएका होदालाई जिल्ला अदालत महोत्तरीबाट मुद्रा समबन्धि कसुर खोटा चलन मुद्दामा पाँचदिनको मयाद थपगरी जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट थप अनुसनधान भई रहेको छ ।
त्यस्तै शुक्रबार प्रहरी चौकी भिट्ठामोडबाट खटिएको प्रहरीले विशेष सुचनाको आधारमा एक भारतीय नागरिकलाई २ लाख ४० हजार भारतीय नोट सहित नियन्त्रणमा लिईएको छ । प्रहरीले भारत सितामढी जिल्ला घर भएका ३९ बर्षिय उदयकुमार साहलाई भारतबाट नेपाल तर्फ आउादै गरेको अबस्थामा साहले बोकेको कालो रंगको झोलामा लुकाई राखेको सो रकम बरामद गरेको छ महोत्तरी प्रहरीले जनाएको छ । सोही क्रममा एचडीएफसी बैंक नामको ४ थान चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । वरामद भएको नोट र चेकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर