Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

त्रिपालमुनी छोपिएको रेलको सफल परिक्षण

प्रतिक्षा खबर
२०७८ पुष २४, शनिबार १६:३३

जनकपुरधाम, पुस २४ गते ।
धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेलको सफल परिक्षण गरिएको छ ।
खरिद गरेर ल्याएपछि त्रिपालमुनी राखिएको रेलको पूनः परिक्षण गरिएको छ । २०७७ साल असोज २ गते नेपाल भित्राइएको दुई सेट रेल धनुषाको इनर्वामा त्रिपालमुनी राखिएको थियो ।
रेल्वे ट्रैक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परिक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले जानकारी दिएका छन् ।
रेल्वे चलाएर आएका चालक बिएन राईले रेल्वेको अवस्था राम्रो रहेको बताए । उनले रेल्वेमा कुनै समस्या नरहेको बताउँदै उनले भने, ‘रेल्वेमा कुनै समस्या छैन् तर सर्वसाधारणबाट धेरै समस्या छ, ट्रयाकमा आइहाल्छन् ।
नेपाली रेलको ट्रैक निर्माण भएपनि रेल नगुडेपछि रेल गुड्ने नगुड्ने संका बिच तयारी स्वरुप परिक्षण गरिएको बताइएको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको जानकारी दिए ।
फेब्रुअरी १० तारिख भित्रै रेल गुडाउने आफुहरुको तयारी रहेको भन्दै उनले भने, ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रैकको अवस्था आदि परिक्षणका लागि आज रेल गुडाइएको हो ।
सञ्चालन मिति भने राजनीतिक स्तरबाटै निक्र्यौल लाग्छ ।’ उनले दुई देशकै प्रधानमन्त्रीले रेलको उदघाटन गर्ने भएकोले समय लागि रहेको समेत बताए ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर